भारतीय राजदूतको भोज खाएर फर्किए देउवा, प्रचण्ड, नेपाल र नेम्वाङ

समाचार

नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले जाँदाजाँदै आयोजना गरेको ‘बिदाई भोज’ खाएर प्रधानमन्त्री शेरबहादुर देउवा बालुवाटार फर्किएका छन्।उनी झण्डै एक घण्टा लैनचौरस्थित राजदूतनिवासमा आयोजित ‘बिदाई कार्यक्रम’मा सरिक भएर सरकारीनिवास फर्किएका हुन्।

राजदूत क्वात्रा भारतीय विदेश सचिवमा बढुवा भएपछि नयाँदिल्ली फर्किँदै छन्। उनले आफू जानुअघि मंगलवार प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री, पूर्वसभामुख र शीर्ष नेपाली नेताहरूलाई लैनचाैरमा जम्मा गरेर भाेज खुवाएका हुन्।

बिदाई कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपाल, पूर्वप्रधानमन्त्री तथा जसपाका संघीय परिषद् अध्यक्ष डा. बावुराम भट्टराई र पूर्वसभामुख तथा नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ पनि पुगेको दूतावास स्रोतले जनाएको छ।

राजदूतको भोजमा मन्त्री, सचिव, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि र नेपालस्थित विभिन्न देशका राजदूतहरू पनि भोज खाएर फर्किएका छन्।

गायिका समीक्षा अधिकारी जोगी बन्ने (भिडियो सहित)-गायिका समीक्षा अधिकारी र कृष्ण काफ्लेको स्वरमा रहेको ‘नो मनी जोगी बनि डुल्छु फनफनी’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा विजय गिरीको शब्द, सरोज प्याकुरेलको संगीत र विषम आचार्यको संगीत संयोजन रहेको छ ।

गीतको भिडियोमा सुरेश कोली र मनिषा थापाको अभिनय रहेको छ । महेन्द्र निरौलाको निर्देशन रहेको भिडियोले पैसा नभएका साथी सर्कलको रमाइला घटनाहरु समेटिएको छ । भिडियोले घरबाट अभिभावकले ‘पकेट मनी’ नदिने, पढाइमा कम, मायामा बढि ध्यान दिने युवा पुस्ताको कथा देखाएको छ ।

गीतबाट युवाहरुमाझ सकारात्मक सन्देश दिन खोजेको गीतकार गिरीले बताए । सुशिल डाँगीको छायांकन रहेको भिडियो निराजन केसीले सम्पादन गरेका हुन् ।

Leave a Reply

Your email address will not be published.