राप्रपा नेपालका अध्यक्ष कमल थापाको छोरी प्रतिष्ठा थापा रायमाझीले राप्रपा परित्याग गरेकी छिन् ।गत महाधिवेशनमा केन्द्रीय सदस्य पदमा निर्वाचित उनले साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएकी हुन् ।
राप्रपा पार्टी र नेतृत्वमा केही महिनादेखि देखिएको सैद्धान्तिक र नैतिक विचलनका कारण आफूले भारी मनका साथ पार्टी परित्याग गर्नुपरेको उनले राजीनामा पत्रमा बताएकी छिन् ।
राप्रपा महाधिशेनमा राजेन्द्र लिङदेनसँग पराजीत भएपछि कमल थापाले पार्टी परित्याग गरेका थिए । उनी हाल राप्रपा नेपालकाे अध्यक्ष छन् ।
यस्तै राप्रपा केन्द्रीय सदस्य युवती कार्कीले मंगलबार अध्यक्ष राजेन्द्र लिङ्देनलाई कार्कीले राजीनामा बुझाएकी छन् । राप्रपा छाडेकी कार्की कमल थापा नेतृत्वको राप्रपा नेपालमा जाने भएकी छन् ।
भक्तपुरमा क्रियाशील कार्कीले साधारण सदस्यदेखि केन्द्रीय सदस्यसमेत नरहने गरी राजीनामा दिएको राजीनामा पत्रमा लेखेकी छन् । पार्टी स्थापनाकालदेखि नीति, सिद्धान्त र संगठन विस्तारमा लागेकोमा हाल विविध विचलन देखिएको उनले बताएकी छन् ।
राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफ्नो पार्टीमा कार्कीलाई स्वागत गरेका छन्।