मोटरसाइकलमा सवार सात जनालाई प्रहरीले रोकेपछि जे जवाफ फर्काए…

राेचक

बिहार । भारतको नेपाली सीमा क्षेत्र बिहारको शेओहर जिल्लामा एक व्यक्तिले बाइक चलाएको भिडियो भाइरल भएको छ।ती व्यक्ति सात जना यात्रुसहित बाइकमा बसिरहेका थिए ।

देखिएको तस्विर कुनै सम्पादन हैन । सोही घटनाको वास्तविक तस्विर हो ।यति मात्र होइन, मोटरसाइकल चालक पनि हेलमेट बिना नै थिए । मोटरसाइकलमा सवार मध्ये २ महिला र ४ बालबालिका रहेका थिए ।

त्यो बाइकमा सवार व्यक्तिलाई देख्ने जो कोही छक्क परे । यो पूरा घटना शेओहर जिल्लाको नगर थाना क्षेत्रको हो।एउटै मोटरसाइकलमा सवार दुई महिला र बालबालिकासहित सात जनालाई देखेर प्रहरी पनि छक्क परेको थियो ।

नगरको नवाब हाईस्कुल नजिकै सवारी चेकजाँचका क्रममा मोटरसाइकल चालकलाई प्रहरीले रोकेको हो । यति धेरै यात्रु बोकेको भन्दै घटनास्थलमा उपस्थित प्रहरीले पहिले उक्त व्यक्तिलाई गाली गरे ।

यसरी बाइक नचढ्न अरुलाई सुझाव दिए । तर चालकले आफ्ना दुई श्रीमती मध्ये कुनै एकलाई मात्र बोक्दा अर्की रिसाउने, बच्चाहरु छोडेर श्रीमतीहरु मात्र लिएर हिँड्न नसक्ने आफ्नो बाध्यता रहेको बताए । यो जवाफले प्रहरी नै हैरान भएको थियो ।

यसैबीच, सार्वजनिक रूपमा मोटर वाहन ऐनको अवहेलना गर्ने व्यक्तिको भिडियो भाइरल भएपछि मानिसहरू पनि रमाइलो गरिरहेका छन्। कसैले यसलाई पेट्रोल र डिजेलको बढ्दो मूल्यसँग जोडेर हेरिरहेका छन् भने कसैले यसलाई मनोरञ्जनको रुपमा लिएका छन् ।

भिडियो भाइरल भएपछि महानगरीय प्रहरी कार्यालय पनि अगाडि आएर स्पष्टीकरण दिनुपरेको थियो । कार्यालयले त्यस्ता सवारी साधन नचलाउन चालकहरुलाई आग्रह गरेको छ ।

यसरी मोटरसाइकल चलाउँदा दुर्घटना हुने सम्भावना बढेको नगर प्रहरी चौकी प्रमुख रघुनाथ प्रसाद बताउँछन् । यसरी मोटरसाइकल नचलाउन चालकलाई अनुरोध छ ।

यदि त्यस्ता व्यक्तिहरू मानेनन् भने उनीहरूलाई मोटर वाहन ऐन अन्तर्गत कारबाही गरिनेछ र जरिवाना पनि गरिनेछ उनले भने । त्यसैगरी कतिपयलाई बुझाएर सुधार गर्ने मौका पनि दिइएको छ ।

Leave a Reply

Your email address will not be published.