अभिनेत्री नीना विवाह नगर्दै गर्भवती भएपछि सतीशले विहेको प्रस्ताव राखे : जान्नुहोस् पूरा कहानी

मनोरंजन

काठमाडौं । बलिउडका प्रतिभाशाली अभिनेता तथा निर्देशक सतीश कौशिकले १३ अप्रिल (आज) आफ्नो ६५ औं जन्मदिन मनाउँदैछन्।फिल्ममा सहयोगी कलाकार र हास्य कलाकारको भूमिका निर्वाह गरेका सतीश कौशिकलाई बलिउडमा बलियो अभिनेता मानिन्छ ।भुमिका गम्भीर होस् वा कमेडी, सतीश कौशिकले हरेक भूमिकामा आफ्नो अभिनयले जीवन्त मनोरञ्जन दिएका छन् ।

उनले सन् १९८३ मा फिल्म मौसमबाट आफ्नो अभिनय यात्रा सुरु गरेका थिए । त्यसपछि उनले चलचित्रमा एकभन्दा बढी भूमिका निर्वाह गरे । यससँगै सतीश कौशिक आफ्नो व्यक्तिगत जीवनका कारण पनि चर्चामा रहे ।गत वर्ष नीना गुप्ताको पुस्तक ‘सच कहुन तो’ सार्वजनिक भएको थियो । उनले आफ्नो बारेमा केही नसुनेका कुराहरु खुलासा गरेकी छिन् ।

यस पुस्तकमा नीनाले मसाबा पेटमा हुँदा अभिनेता सतीश कौशिकले आफूलाई विवाहको प्रस्ताव गरेको बताएकी छन् ।

सतीश मसाबाका लागि बुवाको भूमिका निभाउन चाहन्थे। सतीश कौशिकले नीना गुप्तालाई भनेका थिए, ‘चिन्ता नगर्नु, यदि बच्चा कालो छालाको भयो भने त्यो मेरो (सतीश कौशिक) को हो भनिदिनु, हामी विवाह गरौंला । कसैलाई केहि शंका हुँदैन ।’

मसाबा गुप्ता वेस्ट इन्डिजका क्रिकेटर भिभियन रिचर्ड्स र नीना गुप्ताकी छोरी हुन् । दुबैको अफेयर थियो तर बिहे भने भएन ।नीनाले एक्लै छोरी मसाबालाई हुर्काइन् । यसपछि सतिश कौशिकले नीना गुप्ताको यो खुलासाप्रति प्रतिक्रिया दिँदै बम्बे टाइम्ससँगको कुराकानीमा भने, ‘विवाह बिना नै यसरी बच्चा हुर्काउने नीनाको कदर गर्छु ।

म उसँग एक सच्चा साथीको रूपमा उभिन चाहान्थे ।’ उनका अनुसार नीनाले आफ्नो पुस्तकमा जे लेखेकी छन्, त्यो अभिव्यक्तिको रूपमा लेखिएको छ ।

उनले भने, ‘एक सच्चा साथी जस्तै, म उनको साथ उभिन चाहन्थे । म उनलाई आत्मविश्वास दिन चाहन्थेँ । म उनलाई त्यो समयमा एक्लो महसुस गराउन चाहान्नथे । दिनको अन्त्यमा, केवल साथीहरू सही कुराको लागि साथमा खडा हुन्छन् ।

जब मैले नीनालाई विवाहको लागि प्रस्ताव गरें, मभित्र धेरै मिश्रित भावनाहरू थिए । सच्चा साथिको रूपमा सम्मान गर्न चाहन्थे, जब उसलाई एक व्यक्तिको सबैभन्दा बढी आवश्यकता थियो, मैले उसलाई भने कि म छैन, किन चिन्ता गर्छ्यौं । त्यतिबेला नीना निकै भावुक भइन् ।’

सतीश कौशिक र नीना गुप्ता सन् १९७५ देखि साथी थिए । जब नीनाले मसाबाको जन्म हुने गरिरहेकी थिइन्, सतीश र नीनाको सम्बन्ध निकै बलियो थियो । सतीश भन्छन्, ‘त्यस दिनदेखि हाम्रो मित्रता गाढा हुँदै गयो ।

म खुसी छु, गर्व गर्छु कि उनले एक अभिनेताको रूपमा राम्रो काम गरिरहेकी छिन्।

उनी बलियो महिलाका लागि प्रेरणा हुन्। उनी अहिले वैवाहिक जीवनमा खुसी छिन् र उनका श्रीमान पनि सफल छन् । उनी मेरो असल साथी पनि हुन् ।’

Leave a Reply

Your email address will not be published.