२ किलोको डम्बेल प्राइभेट पार्टमा अड्कियो, कारण थाहा पाउँदा डाक्टर नै चकित

राेचक

पेट दुखेको गुनासो लिएर एक व्यक्ति डाक्टरकहाँ पुगे । तर डाक्टरले जाँच गर्दा उनी छक्क परे । वास्तवमा मानिसको मलद्वारमा एउटा डम्बेल अड्किएको थियो। एक्स–रे रिपोर्टमा यस्तो खुलासा भएको हो । प्राइभेट पार्टमा अड्किएको डम्बेलको तौल करिब २ किलो थियो ।

घटना ब्राजिलको हो । ‘डेली मेल’का अनुसार ५४ वर्षीय एक व्यक्ति मनौसको अस्पताल पुगेका थिए । जहाँ समस्या सुनेपछि चिकित्सकले उनको एक्सरे गराए । तर एक्सरेमा के बाहिर आयो भन्ने थाहा पाएपछि डाक्टरहरु छक्क परे । व्यक्तिको गोप्य भागमा २० सेन्टिमिटर लामो डम्बेल अड्किएको थियो, जसको तौल २ किलो थियो ।

रिपोर्टका अनुसार सुरुमा ती व्यक्ति आफैंले प्राइभेट पार्टमा फसेको डम्बेल निकाल्ने प्रयास गरे तर त्यसमा सफल नभएपछि उनी भागेर दुई दिनपछि चिकित्सककहाँ पुगे । त्यतिबेलासम्म पीडाका कारण उनको अवस्था खराब थियो ।

डाक्टरको टोलीले व्यक्तिको शरीरबाट म्यानुअल रूपमा यो डम्बेल निकालेको थियो। यौन आनन्दका कारण व्यक्तिको यस्तो अवस्था भएको उनले बताए । हाल ती व्यक्ति तीन दिन अस्पतालमा बसेपछि निको भइसकेका छन् ।

Leave a Reply

Your email address will not be published.