६.३ म्याग्निच्युडको शक्तिशाली भूकम्पको धक्का

समाचार

शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको छ । पपुवा न्यू गिनी क्षेत्रमा ६.३ म्याग्निच्युडको भूकम्प गएको युरोपेली भूमध्य क्षेत्रीय भूकम्प विज्ञान केन्द्रले जानकारी दिएको हो ।

बुधबार १ सय ४० किलोमिटर गहिराइमा भूकम्प गएको एजेन्सीले जानकारी गरायो । भूकम्प भूगर्भीय गडबडीबाट पैदा हुने पृथ्वीको कम्पन हो । पृथ्वीको माथिल्लो भागमा कारणवस पृथ्वीको आन्तरिक ऊर्जा मिश्रित भएर हुन जाने भुथलको कम्पनलाई नै भूकम्प भनिन्छ ।

यो कम्पनलाई रेक्टर स्केलमा नापिन्छ । आठ रेक्टर स्केलभन्दा धेरै परिमाणका भूकम्पलाई ठूला भूकम्प र त्योभन्दा साना ६ रेक्टर स्केलसम्मका भूकम्पलाई मझौला भूकम्प भनिन्छ । त्यस्तै ६ रेक्टर स्केलभन्दा साना चार रेक्टर स्केलसम्मका भूकम्पलाई साना भूकम्प भनिन्छ। अधिकांश विध्वंशक भूकम्पहरू भौगर्भिक चिरामा चट्टान चर्की एकाएक पारस्पारिक विस्थापन हुनाको कारणले हुन्छ ।

बाढीका कारण २० को मृत्यु
जोहानसबर्ग : दक्षिण अफ्रिकामा बाढीका कारण कम्तीमा २० जनाको मृत्यु भएको छ । देशको क्वाजुलु—नाताल प्रान्तमा आएको अत्यधिक वर्षाका कारण बाढी आएपछि उनीहरूको मृत्यु भएको जनाइएको छ ।

बाढीका कारण अन्य धेरै भौतिक संरचनाहरूको समेत क्षति भएको प्रान्तीय सरकारका उच्च अधिकारीहरूले मङ्गलबार जानकारी दिएका छन् । उनीहरूका अनुसार मङ्गलबार बिहान कम्तीमा २० जनाको मृत्यु भइसकेको पुष्टि भएको छ भने अरु केही बेपत्ता भएको आशंका गरिएको छ ।

घटनास्थलमा खोजी तथा उद्धारको प्रयास भइरहेको स्थानीय प्रहरी अधिकारीहरूले जानकारी दिएका छन् । अत्यधिक वर्षाका कारण सडक सेवा, सञ्चार तथा विद्युत सेवामा समेत समस्या सृजना भएको उनीहरूले जनाएका छन् ।

“हाम्रो खोजी तथा उद्धार टोली घटनास्थलमा निरन्तर खटिएको छ, टोलीले खोजी तथा उद्धारको प्रयास गरिरहेको छ भने अवरुद्ध भएका सेवा सुचारु गराउने प्रयास पनि भइरहेको छ,” एक प्रहरी अधिकारीले भने ।

Leave a Reply

Your email address will not be published.