यिनै हुन् आज त्रिभुवन विमानस्थलबाट जापान जान लाग्दा गो<लि सहित समातिएकी २७ वर्षीया युवती

समाचार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक युवतीलाई प्रहरीले गोलीसहित पक्राउ गरेको छ । त्रिभुवन अन्तर्राष्टिय विमानस्थलबाट १ राउण्ड गोलीसहित तनहँ भानु नगरपालिका ७ की २७ वर्षीया एक जना पक्राउ परेकी छिन्। प्रहरीले आइतबार राति सोबिता नेपालीलाई पक्राउ गरेको हो।

सोमबार नेपाल एयरलाइन्सको उडानमार्फत काठमाडौं–क्लालालाम्पुर (मलेसिया) हुँदै जापानको नारिता शहर जान लागेकी युवती विमानस्थलबाट गोलीसहित पक्राउ परेकी हुन् ।

उनी नेपाल एयरलाइन्सको उडानद्वारा काठमाडौबाट जापानको नारिता जान लागेकी थिइन्। उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनको झोलामा उक्त गोली फेला परेपछि पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा कार्यालयका अनुसार आइतबार नेपाल एयरलाईन्सको उडानद्वारा काठमाडौँबाट क्वालालाम्पुर हुँदै जापान जान लागेकी तनहुँकी २७ बर्षिय सोबिता नेपालीको झोलाबाट एक राउण्ड गोली फेला परेको थियो ।

विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ एक्स–रे ‘ए’ मा चेकजाँचको क्रममा उनले बोकेको घ्यु रङको हाते ब्यागभित्र KF 13 5.56 लेखिएको एक राउण्ड गोली फेला परेको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय अपराध अनुसन्धान शाखाले जानकारी दिएको छ । प्रहरीले थप अनुसन्धानका लागि पक्राउ परेकी युवतीलाई महानगरीय प्रहरी वृत्त गौशाला पठाएको जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published.