९ बजेर ३० मिनेटमा अमृताले पठाएको त्यो म्यासेज : दाइ, म मर्न चाहन्नँ

समाचार

गत बुधबार राति एक युवतीको ‘श’ङ्का’स्पद’ मृत्युपछि रुपन्देहीको तिलोत्तमास्थित जानकीनगर क्षेत्र अशान्त बनेको छ । प्रहरीले तिलोत्तमा नगरपालिका–२ जानकीनगर बस्ने २८ वर्षकी अमृता खत्रीको वि’ ‘ष से’व’नबाट मृत्यु भएको प्रारम्भिक निष्कर्ष निकालिए पनि खत्रीका परिवार तथा आफन्तले ह’ ‘त्या गरिएको जिकिर गर्दै तीन दिनदेखि आन्दोलन गरिरहेका छन् । परिवारका सदस्यले नै ह’ ‘त्या गरेको आरोप लगाउँदै उनीहरुलाई कडा कारबाही गर्न मृतकका आफन्तले माग गरेका छन् ।

माइती पक्षको दाबी-मृतक अमृताका दाजु पुष्पक खत्री बहिनी अमृतालाई ज्वाइँ प्रेम टण्डन लगायतका परिवारजनले हेला गर्दै आएको दाबी गर्छन् । गत मङ्सिर महिनामा पनि अमृता वडा कार्यालयमा उजुरी लिएर गएको उनको भनाइ छ । उनले भने, ‘कार्यालयले मेलमिलाप गराएर पठाए पनि अमृता घरमा थप पीडित हुँदै आएकी थिइन् ।

नयाँ वर्षको अघिल्लो दिन साँझ साढे आठ बजेसम्म उनी माइतीमै थिइन् । सो समयमा उनका श्रीमान्ले फोन गरेर घर आउन बोलाए । नआउने भए घरमा रहेका उनका छोरालाई जे पनि गर्न सक्ने ध म्की दिए उनी घर पुगेकी थिइन् ।’ साँझ ९ बजेर ३१ मिनेट जाँदा आफू घरमा असुरक्षित भएको भन्दै अमृताले एसएमएस गरेको उनको दाबी छ ।

त्यसको ४५ मिनेट पछि उनको मृत्युका खबर उनकै श्रीमान्ले दाजुलाई दिएका थिए । ‘दाइ म म’र्न चाहन्नँ, म यहाँ बस्न नि सक्दिनँ, प्लिज दाइ हजुरको बोझ नि हुन चाहन्नँ, प्लिज दाइ मलाई यहाँबाट निकाल्न हेल्प गर्नु, म निस्किन्छु।’

चैत्र ३० गते राति ९ बजेर ३० मिनेटदेखि ३१ मिनेटको बीचमा बहिनी अमृता खत्री टण्डनले पठाएका यी म्यासेज हेरेपछि दाइ पुष्पक खत्रीले बहिनीमाथि केही नराम्रो भइरहेको छ भन्ने अड्कल काटिसकेका थिए।

बहिनीका यस्ता म्यासेज देखेपछि पुष्पकले ‘तँजस्तो मान्छे म’ ‘र्ने कुरा गर्ने हो? भोलि भान्जासँग आइजा कुरा गरूम्ला’ भन्दै अमृतालाई म्यासेज पठाए पनि अमृताले भने जवाफ फर्काइनन्। पौने दशबजेतिर अमृताले वि’ ‘ष से”व न गरी अस्पताल ल्याएको भन्दै उनका श्रीमान प्रेम टण्डनले पुष्पकलाई फोन गरे। ९ बजेर ३२ मिनेटसम्म दाजुसँग म्यासेजमा कुरा गरिरहेकी अमृतालाई अस्पतालले ९ बजेर ५० मिनेटमा मृत घोषणा गर्‍यो।

अमृता आधा घन्टापहिले साढे आठ बजे रूपन्देहीको तिलोत्तमा नगरपालिका २ जानकीनगरस्थित वरपिपल पथमा रहेको माइतीबाट दुई-तिन सय मिटर परको भेटेनरी लाइनस्थित आफ्नो घर गएकी थिइन्।

घर पुगेपछि ९ बजेर १४ मिनेटमा पनि अमृताले दाइ पुष्पकको मोबाइलमा म्यासेज पठाएकी थिइन्।

त्यस पछि अमृतको सुनियोजित ह’ ‘त्या नै भएको दाबी गर्दै माइती पक्ष घर घेर्न पुगेका थिए । अमृताको माइती घर गुल्मीको रुरु क्षेत्र गाउँपालिका–५ बम्घा खैरेनी वारी हो । उनका श्रीमानको घर पनि गुल्मी कै चारपालामा हो । उनका साढे सात वर्षका छोरा छन् ।

Leave a Reply

Your email address will not be published.