शव गन्हाइसकेको थियो, तैपनि केही क्षणमा होसमा ल्याउने भन्दै धामीझाँक्री आँगनमा कामिरहेका थिए…..

समाचार

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक श्यामसिंह चौधरीका अनुसार लामो समयदेखि बिरामी साउँदलाई झारफुक गर्न धर्मानन्द भट्ट र नारायणदत्त भट्ट घरमा आउने गरेका थिए। झारफुककै क्रममा साउँदको शुक्रबार राति मृत्यु भएको हो। मृत्युको घटनाबारे शनिबार बिहान मात्रै प्रहरीलाई जानकारी प्राप्त भएको उनले बताए।

आँगनभरि अक्षता, किनारमा आगोको धुनी, छेउमै आगोमा हालेर रातो बनाइएका फलामका डन्डी । बीचमा महिलाको शव । शवको वरिपरि तीन जना धामीझाँक्री कामिरहेका थिए । ‘यो हामीले गरेको, हामी नै ठीक पार्छौं,’ उनीहरू भनिरहेका थिए । शव गन्हाइसकेको थियो । तैपनि केही क्षणमा होसमा ल्याउने भन्दै हल्लिइरहेका थिए । कञ्चनपुरको वेदकोट नगरपालिका–६ का वडा सदस्य धनसिंह पुजाराले शनिबार दिउँसो कमला साउदको घरमा देखेको दृश्य यही हो ।

एक महिनादेखि भीमदत्त नगरपालिकाको हल्दुखाल र बाराकुण्डाका दुई जना धामीझाँक्री आएर बसिरहेका थिए । रञ्चुलाले पनि धामीझाँक्रीलाई देखाइन् । उनलाई ‘भूत’ लागेको भन्दै थारू समुदायका भर्रा (झारफुक गर्ने) कहाँ जान भनियो । त्यो दिनसम्म उनमा सामान्य टाउको दुख्नेबाहेक अरू समस्या थिएन । राति थप असजिलो भएपछि उनी फेरि धामीझाँक्री पाहुना बसेको घरमा पुगिन्, जहाँ फेरि झारफुक गरियो ।

स्थानीय बासिन्दाका अनुसार धामीझाँक्रीद्वयले झारफुकका नाममा साउँदलाई सरिया तताएर कु’टपि’ट ग’रेका थिए। प्रहरी उपरीक्षक चौधरीले झारफुकमा सं’ल’ग्न दुवै जनालाई नियन्त्रणमा लिएको बताए। महिलाको शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पतालमा राखिएको छ। “घटनाबारे विस्तृत अनुसन्धान हुँदै छ,” उनले भने, “दोषी जो कोही भए पनि कारबाहीको दायरामा ल्याइनेछ।”

बेदकोट नगरपालिका मेयर अशोककुमार चन्दले घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाहीको माग गरेका छन्। “धामीझाँक्री हल्दुखाल र बाराकुण्डाका हुन् भन्ने आएको छ,” मेयर चन्दले भने, “बिरामीले थला परेकी साउँद तीन दिनदेखि गम्भीर हुँदा पनि धामीझाँक्री झारफुकमै लागेको भन्ने सुनियो।”

Leave a Reply

Your email address will not be published.