दुर्गेश थापालाई तनहुँ अदालतले बोलायो

समाचार

नाबालिग गायिकामाथि अभिनेता पल शाहले बलात्कार गरेको घटनाका एकजना साक्षी भनिएका गायक दुर्गेश थापालाई जिल्ला अदालत तनहुँले बोलाएको छ।
आइतवारदेखि पीडित गायिका, जाहेरवाला उनका बाबु र अन्य साक्षीहरुसहितसँग जिल्ला अदालत तनहुँमा बकपत्र चलिरहेको छ।

यस्तोमा पीडित भनिएकी नाबालगि गायिकाको पक्षमा उभिएका गायक थापालाई बकपत्रका लागि तनहुँ अदालतले बोलाएको हो। अदालतले बकपत्रका लागि बोलाएपछि दुर्गेश सोमबारै तनहुँतिर लागेका छन्। उनी तनहुँ पुगेपछि साक्षीका रुपमा अदालतले बकपत्र लिने भएको छ।

गायक कमल खत्रीसहित ४ जनाको बकपत्र सकियो, पीडितका बुबाको हुनै बाँकी

पल शाहको जर्बजस्ती करणी सम्बन्धी मुद्दामा आज चार जनाले बकपत्र गरेका छन्। तनहुँ जिल्ला अदालतमा आज प्रतिवादीका साथी र बुझिएका मान्छेहरु गरी चार जनाले बकपत्र दिएको तनहुँ जिल्ला सरकारी वकिलका कार्यलयका प्रमुख जिल्ला न्यायधिवक्ता रामचन्द्र शर्माले बताए।

शर्माका अनुसार पीडितको पक्षबाट गायक कमल खत्रीसहित पलका साथीहरु सागर लामिछाने लगायतले आज बकपत्र गरेका हुन्। बाहिर पीडितका बुबाको बकपत्र भइसकेको खबर आएपनि अहिलेसम्म नभएको समेत उनले जानकारी दिए। ‘पीडितका बुबा जाहेरवाला हुन्, जाहेरवालको बकपत्र अरु सबैको सकिएपछि अन्तिममा हुन्छ,’ उनले भने।

पलले आफूलाई प्रेम र बिहेको प्रलोभन देखाएर पटकपटक करणी गरेको आरोप लगाएकी पीडित नाबालिगले आइतबार बकपत्र दिएकी थिइन्। बकपत्रका क्रममा उनले अनुसन्धान अधिकारीसमक्ष दिएको बयान नै बदलेर पलले आफूलाई बलात्कार नगरेको बताएकी थिइन्। ‘पीडितले आइतबार फरक व्योहोराको बकपत्र लेखाइन्,’ जिल्ला न्याधिवक्ता शर्माले भने, ‘अरु त पहिलेभन्दा खासै फरक भनिनन् तर हाम्रो शारिरीक सम्बन्धचाँही भएको छैन भनेर बयान फेरिन्।’

पीडक परिवारले बिहेको आश्वासन देखाएपछि पछिल्लो समय मनोवैज्ञानिक रुपमा विक्षिप्त रहेकी पीडितले ‘होस्टाइल’ भएर बयान फेरेको अधिवक्ताहरु आशंका छन्। तर बयान फेरिँदैमा पलले सफाइ पाउने भन्ने चाँहि होइन। ‘मिसिलमा अरु प्रमाणहरु पनि समावेश छन्। साविती बयानकै आधारमा प्रतिवादीले सफाइ पाउने भन्ने त हुँदैन। अब अदालतले केलाई प्रमाणका रुपमा लिन्छ, त्यसकै आधारमा फैसला आउने हो,’ जिल्ला न्यायधिवक्ता शर्माले भने।

Leave a Reply

Your email address will not be published.