यिनै हुन् हिजो भारतमा ज्यान गुमाएका टेक लुहार, ह’त्याको आशंका

समाचार

भारतमा डोटीका एकजना युवक मृत भेटिएका छन् । रोजगारीका लागि भारतको मुम्वै गएका डोटीको शिखर नगरपालिका-७ लाटामाडौं गिल्ला दानकोट घर भएका टेक लुहार मृत अवस्थामा भेटिएका हुन् ।

सुत्ने कोठामा बिस्तारामाथि घुँडा टेकेर कपडाले घाँ’टीमा बा’धि’एको अवस्थामा उनको शव भेटिएको आफन्तले बताएका छन् । घटनाको प्रकृति हेर्दा युवकले आ’त्मह’त्या ग’रे’को नभई युवकको ह’त्या गरिएको हुनसक्ने मृतक युवकका आफन्तले बताएका छन् । दोषीलाई कार्वाहिको माग गर्दै नेपाल तथा भारतमा रहेका युवकका गाउँलेहरूले सामाजिक सञ्जालमा लेखेका छन् । उनीहरूले यदि आत्महत्या नै भए पनि उचित छानबिनको माग समेत माग गरेका छन् ।

त्यस्तै, मकवानपुरमा च’ट्या’ङ ला’गेर एक वृद्धको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । मृत्यु हुनेमा राक्सिराङ गाउँपालिका–८ का ६५ वर्षीय जीतबहादुर गोले छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीका अनुसार गए राति वर्षासँगै आएको च’ट्या’ङ ला’गेर गोले गम्भीर घाइते भएका थिए ।

उनलाई उपचारका लागि हेटौँडा ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो । च’ट्या’ङ ला’गेर इन्द्रसरोवर गाउँपालिका–२ का ६२ वर्षीया ठूलीमाया रुम्बा घाइते भएकी छिन् । उनको ललितपुरको पाटन अस्पतालमा उपचार भइरहेको कार्कीले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published.