भीरबाट लडेर म्यादी प्रहरीको मृ<त्यु

समाचार

नुवाकोट : भीरबाट लडेर नुवाकोटमा एक जना म्यादी प्रहरीको ज्यान गएको छ।

घरबाट फर्कने क्रममा बेलकोटगढी नगरपालिका-१२ सतारेका म्यादी प्रहरीको भीरबाट लडेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।

घर पुगेर कार्यक्षेत्र विदुर फर्कने क्रममा बाटोमा पर्ने घट्टेखोलाको भीरबाट लडेर २६ वर्षीय योगेन्द्र न्यौपानेको ज्यान गएको नुवाकोट प्रहरी प्रमुख प्रहरी उपरीक्षक रामप्रकाश शाहले जानकारी दिए।

उनका अनुसार भीरबाट लडेका म्यादी प्रहरी न्यौपानेको शव एकसय मिटर तल फेला परेको थियो।

मृतक म्यादी प्रहरी न्यौपानेको शव नुवाकोट जिल्ला अस्पताल त्रिशूलीमा पोष्टमार्टम गरिएको छ। मृतक न्यौपानेको शव परिवारको जिम्मा लगाएर अन्तिम संस्कार गरिएको छ।

पल शाहलाई भेटेपछि आफ्नो सबै व्यापार चौपट भयो भन्दै धुरुधुरु रोए दुर्गेश थापा-ना बा लि ग गायिका ब ला त्का र प्रकरणमा साक्षी बनेका विवादित गायक दुर्गेश थापाले सोमबार जिल्ला अदालत तनहुँ पुगेर बकपत्र गराएका छन्। यो प्रकरण सार्वजनिक हुनुअघिसम्म दुर्गेश र बलात्कार अभियोग लागेका अभिनेता पल शाहबीच घनिष्ठ मित्रता थियो।

तर ना बा लि ग गायिका र पलबीचको सम्बन्धलाई अदालतसम्म पुर्‍याउन महत्वपूर्ण भूमिका खेलेका उनै दुर्गेश थापाले मंगलबार तनहुँ अदालतमा बकपत्र दिँदै यो घटनाबारे आफूलाई केही थाहा नभएको बताएका छन्। यसअघि ना बा लि ग गायिकालाई न्याय दिलाउन आफूले भूमिका खेलेको बताउँदै आएका उनै दुर्गेशले तनहुँ अदालत बकपत्र दिँदै यस घटनाबारे कुनै जानकारी नै नभएको बताएका हुन्।

यससँगै यो प्रकरणमा ना बा लि ग गायिका, उनका जाहेरवाला बाबुले पनि बयान फेरेर घटना नै नभएको बताइसकेका छन्। दुर्गेशले पनि उनीहरुलाई नै पछ्याउँदै बयान फेरेर हो’स्टाइल भएका हुन्। ना बा लि ग गायिकालाई न्याय दिने भन्दै पलविरुद्ध उभिएका उनै दुर्गेश मंगलबार अदालतमै रोएका छन्।

अदालत परिसरमा पल शाहलाई भेटेपछि रोएका दुर्गेशले आफ्नो सबै व्यापार चौपट भएको गुनासो गरेका थिए । तनहुँ अदालतमा पलसँग भेट भएपछि दुर्गेशले जीवनमा कहिल्यै भोग्नु नपरेको त’नाव आइलागेको बताउँदै सबैथोक बिग्रिन पुगेको बताएका छन्।

पलसँग भेटेपछि दुर्गेशले आफूले चाहेर यस्तो नगरेको बताउँदै रोएको अदालतमा उपस्थित प्रत्यक्षदर्शीले बताएका छन्। ‘मेरो सबै चौपट भयो। व्यापार पनि बिग्रियो’, उनले भनेका थिए, ‘सोच्दै नसोचेको त’नाव हामीलाई आइलाग्यो, मैले चाहेर यस्तो गरेको थिएन।’

दुर्गेशले अदालतमा बकपत्र दिने क्रममा पनि यो घटनाबारे आफूलाई कुनै थाहा नभएको बताएका थिए। यसैबीच पल र ना बा लि ग सहितलाई बकपत्रका लागि तनहुँबाट नवलपुर लगिएको छ। त्यहाँ पनि आजैदेखि पी’डित, पी’डक, जाहेरवाला र साक्षी सहितको बकपत्र सुरु हुनेछ।

Leave a Reply

Your email address will not be published.