बहुचर्चित फिल्म ‘आरआरआर’ मा गीत गाए लगत्तै यी स्कुले बालिका रातारात स्टार बनिन्, अहिले उनलाई छ भ्याई नभ्याई, देखाइन् करोडपति बन्ने लक्षण
दक्षिण फिल्म उद्योगका दिग्गज निर्देशक राजामौलीद्धारा निर्देशित फिल्म आरआरआर मा एकल गीत ‘अम्बर से तोडा’ गाउने कक्षा १० कि विद्यार्थी राग पटेल रातारात स्टार बनेकि छिन् । चलचित्र ‘आरआरआर’ को यो गीतलाई दर्शकले निकै रुचाएका छन् । फिल्म ‘आरआरआर’ मा ‘अम्बर से तोडा’ गीत गाएकी ती युवती गुजरातको अहमदाबादकी हुन् ।
१५ वर्षको उमेरमा यति राम्रो गीत गाउन सजिलो छैन । बाल्यकालदेखि नै राग गाउने गर्थिन । रागले साढे दुई वर्षको उमेरमा गीत गाउन थालेकि थिईन् । रागका बुबा राजीव पटेल एक ठूलो निजी कम्पनीमा काम गर्छन् र आमा रिद्धि पटेल गृहिणी रहेकी छिन् । ८ वर्षको उमेरदेखि नै आमा रिद्धिले उनलाई शास्त्रीय संगीत सिक्न पठाएकी थिईन् ।
अहिले उनलाई पार्श्व गायनमा रुचि छ । चाखलाग्दो कुरा त रागले ब्लकबस्टर फिल्ममा गीत गाउने मौका पाईन् । गत वर्ष सेप्टेम्बरमा रागका पिता राजीव पटेलको फेसबुक पोस्ट आएको थियो, जसमा फिल्मको टोलीले १२ देखि १५ वर्षकी केटी गायिका खोजिरहेको थियो। त्यसपछि उनले आफ्नी छोरी रागको आवाज रेकर्ड गरे र राजामौलीको टोलीलाई पठाए। त्यसपछि फिल्मको टिमलाई रागको स्वर मन पर्यो ।
उनले आफ्नो गीतको लागि राग छनोट गरे। सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भने राग पटेल अहमदाबादको माटोबाट आफ्नो उमेरका पहिलो गायीका हुन् जसले तेलुगु फिल्मको हिन्दी संस्करणमा गीत गाएकि छिन् । एसएस राजामौलीले वीवी विजयेन्द्र प्रसादद्वारा लिखित तेलुगु फिल्म आरआरआर निर्देशन गरेका हुन् । यस फिल्ममा एमएम करिमले संगीत दिएका छन् ।