चितवनमा ज्ञानेन्द्र शाहीमाथि निर्घात कुटपिट

राजनिति

नेपालका लागि नेपाली’ अभियानका अभियान्ता ज्ञानेन्द्र शाहीमाथि निर्घात कुटपिट भएको छ ।अभियानले भरतपुरस्थित चौविसकोठीमा ‘भष्ट्राचार, वेथिती र लुटतन्त्रको विरोधमा नागरिक खबरदारी’ सभा गर्न लागेको थियो । सभालाई शाही, वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी लगायतका अभियान्ताहरुले सम्बोधन गर्ने बताइएको थियो ।

मध्यान्ह १२ बजेतिर कार्यक्रम सञ्चालन गर्ने तयारी भइरहेका बेला सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सम्बद्ध युवाहरुको समूह कार्यक्रम स्थल पुग्यो । उनीहरुले ‘ज्ञानेन्द्र शाही मुर्दावाद, राजवादीलाई बहिष्कार गरौं’ लगायतका नारा लगाए । कार्यक्रमस्थल नजिकै रहेको प्रहरी तत्काल पुग्यो र मानिसहरु तितरवितर बनायो ।

स्थानीय प्रशासनले कार्यक्रम नगर्न भनेपछि अभियानका अगुवाहरु पनि पछि हटे । घटना केही साम्य भए जस्तो भयो ।
केही अभियान्ता विमानबाट काठमाडौं फर्किए भने शाहीको टोली गाडीबाट आउने तयारीका लागि चौविसकोठीको होटल ग्लोबलमा मात्र के पुगेको थियो, युवाहरुको समूहले आक्रमण गर्‍यो । हाइस गाडीमाथि ढुंगामुढा भयो ।

हातमा ढुंगा, इट्टा तथा रड बोकेका युवाहरुले शाहीलाई लक्षित गरी अन्दाधुन्ध हानेको गाडीमा रहेकाहरु बताउँछन् । ‘ढुंगैढुंगाले हान्यो, रडले समेत हाने’ गाडीमा रहेका एकले भनेका छन् ।केहीबेरमा प्रहरी पुग्यो । आक्रमणकारी युवाहरु भने भागेका छन् । प्रहरीले नेकपा आवद्ध एक जनालाई भने पक्राउ गरेको छ ।

शाहीलाई काठमाडौं पठाइयो-प्रहरीको सहयोगमा घाइते शाहीलाई चितवन मेडिकल कलेजको आकस्मिक कक्षमा भर्ना गरिएको थियो । उनको हातका साथै शरीरका अन्य भागमा पनि चोट लागेको तर सिटी स्क्यान लगायतका परीक्षण गर्दा गहिरो चोट नदेखिएको अस्पतालका प्रमुख कार्यकारी निर्देशक प्रताप देवकोटाले जानकारी दिएका छन् ।

चितवनमा प्राथमिक उपचारपछि उनलाई काठमाण्डौं पठाइएको छ । थप उपचार र जिल्लाको शान्ति सुरक्षा नबिग्रियोस् भनेर काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एकनारायण कोइरालाले जानकारी दिए ।हातमा सीप र राम्रा योजनाहरू हुँदाहुँदै पनि धेरैले पर्याप्त पुँजी नभएर व्यवसाय सुरु गर्न सकिरहेका हुँदैनन्। बैंकबाट वा साथीभाइसँग ऋण लिएर पैसा जुटाउनुपर्ने भइरहेको हुन्छ।

घर जग्गा नै बेचेर व्यवसायमा लगानी गर्नेहरू पनि भेटिन्छन्। त्यसरी सुरू भएका सबै व्यवसाय सफल नै हुन्छन् भन्न पनि सकिदैन। दुस्ख गरेर जुटाएको ठूलो लगानी डुब्न सक्छ। त्यसैले सुरूमै ठूलो लगानीमा लागिहाल्नुभन्दा पहिला सानो लगानीमा सुरू गर्न सकिने व्यवसायहरूको बारेमा पनि सोच्नु राम्रो हुन्छ। यो लेखमा हामी थोरै लगानीमा सुरू गरेर राम्रो आम्दानी गर्न सकिने ५ व्यवसायका बारेमा छलफल गर्दैछौँ।न्यूज२४ एक्सप्रेसबाट

Leave a Reply

Your email address will not be published.