केकीले बिहे गरेको हल्ला चल्यो तर वास्तविकता यस्तो रहेछ !

मनोरंजन

अभिनेत्री केकी अधिकारीले विवाह गरेको चर्चाले बुधबार दिनभर फिल्म क्षेत्र गर्मायो । तर उनले बुधबार विवाह नभई मेहेन्दी उत्सव गरेकी छन् ।

केही दिनमै उनले प्रेमी रोहित तिवारीसँग विवाह गर्ने जनाइएको छ । रोहित हाम्रो बजार डटकमका प्रमुख कार्यकारी अधिकृत सीईओ हुन् । केकी र रोहित एकवर्षदेखि प्रेम सम्बन्धमा थिए । तर यसलाई उनीहरुले सार्वजनिक गरेका थिएनन् ।मेहन्दी सेरोमनीमा केकीका परिवारका सदस्य र केही साथी मात्र उपस्थित रहेको स्रोतले बतायो ।

तर केकीको विवाहको खबरले दिनभर फिल्म क्षेत्र तातियो । उनका नजिकका साथीहरुले पनि विवाह भएको विषयमा आफूहरुलाई जानकारी नै भएको बताएका थिए । केकीका नजिकका साथी मानिने अभिनेत्री बेनिशा हमाल, ऋचा शर्मा र निर्देशक विशाल भण्डारीले केकीले विवाह गरेको विषयमा अनभिज्ञता प्रकट गरे ।

बेनिशाले भनिन्, ‘केकीको बिहेबारे मलाई थाहा नहुने कुरै हुँदैन । मलाई थाहा नदिई त कसरी बिहे गरिन् होला र ? यो कुरामा सत्यता छैन ।’

यस्तै निर्देशक विशाल र अर्की अभिनेत्री ऋचाले पनि केकीले विवाह गरेको हल्ला सुनेको तर सत्य नभएको बताएका थिए । यद्यपि केकीले सामान्य तरिकाले विवाह गर्ने कुरा भने पहिलेदेखि नै बताउने गरेको विशालले बताए ।

Leave a Reply

Your email address will not be published.