नायिका केकी अधिकारी बिहेको बास्तविकता यस्तो पो रहेछ ! बेनिशाले भनिन् : ‘यो कुरामा सत्यता छैन’

समाचार

बुधबार नायिका केकी अधिकारीले विबाह गरेको खबरले सामाजिक संजालमा रंगीयो । फिल्मी क्षेत्र दिनभर गर्मायो । तर केकी आज विबाह गरेको खबर झुटो भई उनले मेहेन्दी उत्सव गरेकी रहिछन् । केही दिनमै उनले प्रेमी रोहित तिवारीसँग विवाह गर्ने र विबाह अघि उनले धुमधामका साथ मेहेन्दी मनाइरहेकी रहिछन् ।

केकीका हुनेवाला पति रोहित हाम्रो बजार डटकमका प्रमुख कार्यकारी अधिकृत सीईओ हुन् । केकी र रोहित एकवर्षदेखि प्रेम सम्बन्धमा रहेको स्रोत बताउँछ । केकीले आज मेहेन्दी उत्सब मनाइरहँदा नजिकका साथीहरुले पनि विवाह भएको विषयमा आफूहरुलाई जानकारी नै भएको बताए ।

केकीले सामान्य तरिकाले विवाह गर्ने कुरा भने पहिलेदेखि नै बताउँदै आएकाले उनले गुपचुपमा लगन गाँठो कस्दै छिन् । स्रोतका अनुसार भोलि बिहीबार उनी रोहित तिवारी सँग विवाह बन्धनमा बाधिदै छिन् । पारिवारिक सदस्य र निकट साथीहरूको सानो जमघटमा उनले विबाह गर्ने स्रोत बताउँछ ।

केकी नेपाली सिने क्षेत्रमा संस्कारी नायिकको रुपमा परिचित छन् । केही सञ्चारमाध्यमहरूमा अधिकारी भन्दा तिवारीले उमेर कान्छो भएको पनि बताइएको छ । तर यसबारेमा उनीहरूले केही बोलेका छैनन् । श्रोतका अनुसार आज काठमान्डौ स्थित यी ग्रान्डी अपार्टमेन्टमा पनि सर्दै छन् ।केकीले भोलि विवाहको तस्बिर सार्वजनिक गर्ने योजना बनाएकी छन् ।

मेहन्दी सेरोमनीमा केकीका परिवारका सदस्य र केही साथी मात्र उपस्थित रहेको स्रोतले बतायो । तर केकीको विवाहको खबरले दिनभर फिल्म क्षेत्र तातियो । उनका नजिकका साथीहरुले पनि विवाह भएको विषयमा आफूहरुलाई जानकारी नै भएको बताएका थिए । केकीका नजिकका साथी मानिने अभिनेत्री बेनिशा हमाल, ऋचा शर्मा र निर्देशक विशाल भण्डारीले केकीले विवाह गरेको विषयमा अनभिज्ञता प्रकट गरे ।

बेनिशाले भनिन्, ‘केकीको बिहेबारे मलाई थाहा नहुने कुरै हुँदैन । मलाई थाहा नदिई त कसरी बिहे गरिन् होला र ? यो कुरामा सत्यता छैन ।’

Leave a Reply

Your email address will not be published.