ब्यारेकमा गो ली ला गेकी महिला सैनिक जवानको मृ<त्यु

समाचार

गत राति गो’ली ला’गे’र गम्भीर घाइते भएकी कपिलवस्तुस्थित शमशेर दल गण गोरुसिङ्गे ब्यारेककी महिला सैनिक जवानको बिहीबार बिहान मृत्यु भएको छ । त्यस ब्यारेकमा सिपाही पदमा रहेकी झापाको गौरहदह नगरपालिका १ कि २४ वर्षीया कोपिला राजवंशीको मृत्यु भएको हो ।

घाइतेलाई उपचारार्थ सेनाको टोलीले बुटवल ल्याएको थियो । त्यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट काठमाण्डौ ल्याइएको थियो । प्रहरीले भने उक्त घटनाको विषयमा कुनै तथ्य सार्वजनिक गरेको छैन। राजवंशी आफैंले गो’ली चलाएको दाबी गरिएको स्रोतले जनाएको छ। छा’तीमा ला’गेको गो’ली पि’ठ्युँ छे’डे’र बा’हि’र निस्किएको श्रोतले जनाएको छ।

त्यस्तै, सत्तारूढ पाँच दलले स्थानीय तह निर्वाचनका लागि ६ महानगरपालिका र ११ उपमहानगरपालिकाको मेयर र उपमेयर पद भागबन्डा गरेका छन्। बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि महानगर र उपमहानगरतर्फको मेयर र उपमेयरको सिटमा भागबन्डा गरेका हुन्।

गठबन्धनका तर्फबाट साझा उम्मेवार उठाउनेगरी ६ महानगर र ११ उपमहानगरको मेयर र उपमेयरमा भागबन्डाको लिखित सहमति भएको कांग्रेस नेता रामचन्द्र पौडेलले जानकारी दिए । जसअनुसार कांग्रेसले विराटनगर, काठमाडौं र ललितपुरको मेयर तथा वीरगन्ज, भरतपुर र पोखरा महानगरपालिकाको उपमेयर पद पाएको छ ।

यसैगरी, नेकपा माओवादी केन्द्रले भरतपुर महानगरपालिकाको मेयर र ललितपुरको उपमेयर भाग पाएको छ भने नेकपा एकीकृत समाजवादीले पोखरा महानगरपालिकाको मेयर र काठमाडौं महानगरपालिकाको उपमेयर पाएको छ । यसैगरी, जनता समाजवादी पार्टीले वीरगन्जको मेयर र विराटनगरको उपमेयर पाएको छ ।

Leave a Reply

Your email address will not be published.