अभिनेत्री केकी अधिकारी आज विवाह बन्धनमा बाँधिने, को हुन दुलाह ?

मनोरंजन

काठमाडौं । चर्चित अभिनेत्री केकी अधिकारी विवाह बन्धनमा बाँधिने भएकी छन् । केकीले बिहीबार फोर्ब्सको धनाढ्य सूचीमा परेका रोहित तिवारीसँग लगन कस्न लागेकी हुन् ।

हाम्रोबजार डटकमका सिइओ रोहित तिवारीसँग उनी आज विवाह बन्धनमा बाँधिने भएकी हुन् । बुधबार केकी र रोहितले मेहन्दी उत्सव मनाएका थिए ।

पारिवारिक सदस्य र केही साथीभाइबीच दुईले मेहन्दी उत्सव मनाएका हुन् । तपाईंलाई जानकारी गराउ कि रोहित फोर्ब्सको सन् २०२० मा एसियाबाट ३० वर्षमुनिका धनाढ्यको सूचीमासमेत परेका थिए । उनी फुडमारियोको समेत सिइओ हुन् ।

केकी र रोहितबीच केही समयदेखि प्रेम सम्बन्ध रहेको बताइन्छ । नयाँ वर्षको अवसरमा उनलाई जनसेवाश्री पदकबाट बिभूषित गरिएको थियो । उनी पछिल्लोसमय चलचित्रमा अभिनय सँगै केही रियालिटी टिभी शोमा पनि सक्रिय छिन् ।

Leave a Reply

Your email address will not be published.