ड्युटीमा रहेका बेला आफैँलाई गोली हानेकी सैनिकको मृत्यु

समाचार

कपिलवस्तुको गोरुसिंगेस्थित सेनाको शमशेर दल गणमा गोली लागि घाइते भएकी सैनिक जवानको मृत्यु भएको छ । गणको भित्री पोस्टमा कार्यरत झापाको गौरादह नगरपालिका–१ की २४ वर्षीया कोपिला राजवंशीको भैरहवास्थित युनिभर्सल कलेजमा बिहीबार बिहान ५ बजेर ४० मिनेटमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका नायब उपरीक्षक जेसी शाहले बताए ।

राजवंशी गोली लागेको अवस्थामा बुधबार साँझ ७ बजे फेला परेकी थिइन् । गणभित्रै गोली लागेर गम्भीर घाइते भएकी उनको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार हुन नसकेपछि तत्कालै भैरहवास्थित युनिभर्सल मेडिकल कलेज लगिएको थियो ।

उनको पेटमा दुई वटा गोली लागेको बताइएको छ । राजवंशी आफैंले गोली चलाएर आत्महत्या गरेको प्रहरीले जनाएको छ । डिएसपी शाहका अनुसार सिपाही राजवंशीले ड्युटीमा रहेका बेला आफैँले बोकेको एम १६ राइफलले आफ्नै पेटमा गोली हानेकी थिइन् । तर सैनिक स्रोतले घटनाबारे केही खुलाएको छैन ।

केकी अधिकारीले सुटुक्कै गरिन् विवाह, को हुन् दुलाहा ?-अभिनेत्री केकी अधिकारीले सुटुक्कै विवाह गरेकी छन् । बुधबार परिवार र केही निकट साथीहरूको उपस्थितिमा केकीले विवाह गरेकी हुन् ।

उनले व्यवसायी रोहित तिवारीसँग विवाह गरेकी हुन् । तिवारी ‘हाम्रो बजार डट कम’ का सीईओ हुन् । उनी ‘फुड म्यारियो’ का पनि सीईओ तथा कोफाउन्डर हुन् । यद्यपि केकी आफैँले विवाहबारे बुधबार रातिसम्म जानकारी दिएकी छैनन् । तर, समथर्कहरूले उनीहरूलाई बधाई दिइरहेका छन् ।

तर उनका निकटतम सहकर्मीलाई समेत विवाह हो कि होइन भन्ने बारे पूर्णरुपमा जानकारी छैन । विवाहको हल्ला उनीहरूले पनि सुनेका छन् । केहीले भने उनको विवाह नभएर इन्गेजमेन्ट भएको सुनेको बताउँछन् । केकी नजिक रहेकी बेनिशा हमाल भन्छिन्, ‘मैले पनि हल्ला सुनेँ । मलाई पनि धेरै जनाले फोन गरेर सोधी सक्नुभयो । तर मलाई नै निम्तो भएन ।’

प्रेम र अफेयर कहिल्यै बाहिर नआएकी केकी प्रेम र विवाहजस्ता कुराहरू सेलिब्रेटीको ‘प्राइभेसी’ भित्र पर्ने धारण राख्थिन् । त्यसैले पनि उनले विवाह बाहिर नल्याएको बताइन्छ । केकीले कोसँग विवाह र कहाँ विवाह गर्दैछिन् अहिले बाहिर आएको छैन । उनको प्रोडक्सन हाउससँग जोडिएको एक सदस्यले विवाह हो भन्ने सुनेको तर व्यक्ति अझै थाहा नभएको बताए ।

केकीको विवाहको हल्ला अगाडी आजै तीन अभिनेत्री रेखा थापा, पूजा शर्मा र वर्षा शिवाकोटीको विवाहको हल्ला पनि चलेको थियो । केही अगाडि कोट म्यारिज गरेकी रेखाको त्यस अगाडि वैशाखमा विवाह हुने चर्चा थियो । पूजाले भने केही अगाडि एक कार्यक्रममा छिट्टै विवाह गर्ने बताएकी थिइन् । यता वर्षाको पनि विवाह हुन लागेको हल्ला केही दिनदेखि चलिरहेको छ । नेपाली फिल्म क्षेत्रमा अविवाहित अभिनेत्री थुप्रै छन् । धेरै अभिनेत्रीहरू विवाहको प्रश्नमा छिट्टै भनेर समेत बताउँदै आएका छन् ।

Leave a Reply

Your email address will not be published.