अब कोपिला कहिल्यै यसरी मुस्कुराउने छैनन्

समाचार

कपिलवस्तु —आफैँलाई गो’ली हानेकी कपिलवस्तुस्थित शमशेरदल गणमा कार्यरत सिपाही कोपिला राजवंशीको मृ’त्यु भएको छ। कपिलवस्तु जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी जेसी शाहका अनुसार भैरहवा मेडिकल कलेजमा उपचारका क्रममा बिहान उनको मृ’त्यु भएको हो।

‘आज बिहान साढे ६ बजेतिर हामीलाई खबर आयो उहाँको नि’धन भयो,’ सूचना अधिकृत शाहले बिहीबार बिहान जानकारी दिए। उनका अनुसार उपचारका लागि राति नै काठमाडौं लाने तयारी गरिए पनि हेलिकप्टर नआएकाले भैरहवामै उपचार गरिएको थियो। कपिलवस्तुको शमशेरदल ग’णमा कार्यरत सिपाही राजवंशीले आफ्नै पेटमा गो’ली हानेकी थिइन्।

ड्युटीमा रहेको बेला आफैँले बोकेको एम १६ रा’इफलले गो’ली हा’नेको डीएसपी शाहले जानकारी दिए। बुधबार साँझ ७ बजेतिर घटना भएको थियो।उनको छाती र पेटमा दुईवटा गो’ली लागेको बताइएको छ। के कति कारण उनले आफैंलाई गो’ली हानिन् भन्ने खुलिसकेको छैन। घटनाबारे अनुसन्धान भइरहेको छ।

यो पनि – नेकपा (एकिकृत समाजवादी) बुद्धभूमि नगर कमिटीले आसन्न बैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा लड्ने उम्मेद्वारको टुंगो लगाएको छ ।बुधवार गोरुसिंगेमा सम्पन्न नगर कमिटीको तेस्रो बैठकले सर्वसम्मत उम्मेद्वारको टुंगो लगाएर जिल्लाका लागि सिफारिस गरेको हो ।

एकीकृत समाजवादीले बुद्धभूमिमा दिव्यारुपा खनाललाई उपप्रमुखमा उठाउने भएको पार्टीका नगर कमिटी अध्यक्ष भुवन प्रसाद खनालले जानकारी दिनुभयो । जिल्लाको सचिवालय सदस्य रहनुभएकी खनाल गोरुसिंगे निवासी हुनुहुन्छ ।सोही बैठकले वडा नम्वर १ मा लोक बहादुर खड्कालाई वडा अध्यक्ष, राधा श्रेष्ठलाई वडा सदस्य उठाउने गरि उम्मेद्वारको टुंगो लगाएको नगर कमिटी अध्यक्ष खनालले बताउनुभयो ।

यस्तै वडा नं. २ मा खगेश्वर खनाललाई वडा अध्यक्षमा, वडा नम्बर ३ मा चोपलाल थारुलाई वडाध्यक्षमा, वडा नं. ४ मा भुवन प्रसाद खनाललाई वडाध्यक्षमा उठाउने गरि उम्मेद्वार टुंगो लगाएर जिल्लामा सिफारिस गरिएको एकीकृत समाजवादी बुद्धभूमिले जनाएको छ ।

त्यसैगरी बैठकले आसन्न निर्वाचनमा पार्टीका अधिकतम उम्मेदवारलाई जिताउन भुवन प्रसाद खनालको संयोजकत्वमा १ सय ११ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरी सम्पुर्ण तयारीका साथ लाग्ने निर्णय समेत गरेको छ ।बैठकमा पार्टीका केन्द्रिय सदस्य तथा कपिलवस्तु इन्चार्ज क्षेत्र बहादुर खत्री, पार्टीका जिल्ला सचिवालय सदस्य एवं प्रचार विभाग प्रमुख विकास बन्जाडे, चेतना शर्मा, जगतमान केसी लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published.