यस वर्ष थप सात दिन सार्वजनिक बिदा !

समाचार

सुर्खेत, ८ वैशाख-कर्णालीमा यो वर्ष थप सात दिन सार्वजनिक बिदा हुने भएकाे छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयले प्रदेशभर लागु हुनेगरी सात दिन पर्व र दिवस बिदा दिने निर्णय गरेको हो । धान दिवसको बिदा १५ असारमा जुम्लाबाहेकका नाै जिल्लामा मात्रै लागु हुनेछ भने जुम्लामा १२ चैतमा बिदा हुनेको छ ।

साउने संक्रान्ति तथा देउडा पर्व १ साउनमा, नाग पञ्चमी १७ साउनमा, प्रदेश स्थापना तथा सहिद दिवस ४ भदौमा, कोजाग्रत पूर्णिमा २३ असोज, रामनवमी १६ चैतमा र चन्दननाथ मन्दिरको लिंगो बोक्ने मेला असोज कृष्ण त्रयोदशी जुम्ला जिल्लामा मात्र बिदा दिने निर्णय गरिएको हो । प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले राजपत्रमा सूचना प्रकाशन गरेर बिदा सार्वजनिक गरेको हो ।Open photo

यिनै हुन् आफ्नै पेटमा गो’ली हा नेर ज्यान गुमाएकी सैनिक जवान कोपिला-आफैँलाई गो’ली हानेकी कपिलवस्तुस्थित शमशेरदल गणमा कार्यरत सिपाही कोपिला राजवंशीको मृ’त्यु भएको छ। कपिलवस्तु जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी जेसी शाहका अनुसार भैरहवा मेडिकल कलेजमा उपचारका क्रममा बिहान उनको मृ’त्यु भएको हो।

‘आज बिहान साढे ६ बजेतिर हामीलाई खबर आयो उहाँको नि’धन भयो,’ सूचना अधिकृत शाहले बिहीबार बिहान जानकारी दिए। उनका अनुसार उपचारका लागि राति नै काठमाडौं लाने तयारी गरिए पनि हेलिकप्टर नआएकाले भैरहवामै उपचार गरिएको थियो। कपिलवस्तुको शमशेरदल ग’णमा कार्यरत सिपाही राजवंशीले आफ्नै पेटमा गो’ली हा’नेकी थिइन्।

राजवंशी गो’ली ला’गेको अवस्थामा बुधबार साँझ ७ बजे फेला परेकी थिइन् । गणभित्रै गो’ली ला’गेर गम्भीर घाइते भएकी उनको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार हुन नसकेपछि तत्कालै भैरहवास्थित युनिभर्सल मेडिकल कलेज लगिएको थियो ।

उनको पेटमा दुई वटा गो’ली ला’गेको बताइएको छ । राजवंशी आफैंले गोली चलाएर देह त्याग ग रे को प्रहरीले जनाएको छ । डिएसपी शाहका अनुसार सिपाही राजवंशीले ड्युटीमा रहेका बेला आफैँले बोकेको एम १६ राइफलले आफ्नै पेटमा गो’ली हा’नेकी थिइन् । तर सैनिक स्रोतले घटनाबारे केही खुलाएको छैन ।

Leave a Reply

Your email address will not be published.