ज्ञानेन्द्र शाही भन्छन्, ‘आ’क्रमण भएको होइन, मोबाइल खसेको हो’

समाचार

भ्रष्टाचार विरोधी अभियान हुँदै राप्रपामा प्रवेश गरेका ज्ञानेन्द्र शाही बुधबार जुम्लामा पार्टीको कार्यक्रममा सहभागी भएका शाहीमाथि भाषण गरिरहेको बेला मोबाइल प्र’हा’र भएको उक्त भिडियोमा भनिएको छ । जम्मा १ मिनेट १८ सेकेण्ड लामो भिडियोमा उनले काँग्रेस माओवादी र एमालेको आलोचना गर्दै भ्रष्टहरूलाई ठेगान लगाउने भन्दै चर्को भाषण गरेको सुनिन्छ ।

यति बोलिसकेपछि भीडबाट उनलाई केही वस्तु प्र’हा’र भएको देखिन्छ । स्पष्ट नदेखिए पनि उनीमाथि मोबाइल प्र’हा’र भएको भनिएको छ । मोबाइल भनिएको सो वस्तु शाहीको छातीमा ला’गेको देखिन्छ । त्यसपछि एकाएक औँला ठड्याउँदै शाहीले ‘ए समात् त्यसलाई’ भन्छन् भने उनी निकटका कार्यकर्ता दौडेर भीडतर्फ पुग्छन् । त्यसपछि तनावको माहौल भिडियोमा देखिन्छ ।

भिडियोबारे सोधिखोजी गर्दा शाहीले विरोधीहरूले भ्रम फैलाएको प्रतिक्रिया दिए । कार्यक्रममा हेरिरहेका सर्वसाधारणले छतमाथिबाट ताली पड्काउने क्रममा मोबाइल खसेर एक्कासि आफूलाई लाग्न पुगेको उनको दाबी छ । ‘ताली प’ड्का’उँदा छतमाथिबाट मोबाइल मात्रै खसेको हो’, उनले भने, ‘कसैले हा’नेको होइन । बिचरा ताली प’ड्काउँदा खसेको छ, ममाथि किन आ’क्र’म’ण हुनु ?’

उनले अगाडि थपे, ‘हाम्रो स्टेज तल थियो । घरका मान्छेहरू माथिबाट बार्दलीबाट हेरिरहेका थिए । मोबाइल खसेर लागिसकेपछि वरिपरिका मासले के सोच्यो भने मलाई मोबाइलले हि’र्कायो । मैले मोबाइल खसेको हो, हि’र्काएको होइन भनेर त्यतिबेला भी’डलाई नै भनेको थिएँ । त्यसको भिडियो पनि हामीसँग छ ।’

मोबाइल ‘खसेर’ शाहीलाई लागेका भनिएका पुरुषलाई प्रहरीले केहीबेर नियन्त्रणमा लिएर छाडेको बताइएको छ । यसैबीच शाहीले आफूले सर्वसाधारण भनेर आरोपीलाई छाड्न लगाएको बताए । आरोपी भनिएका व्यक्ति चन्दननाथ नगरपालिकाका सरकारी कर्मचारी भएको उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published.