चोरीको मोटरसाईकलसहित वडाध्यक्ष पक्राउ

समाचार

सुर्खेत, ८ वैशाख-जाजरकोटकाे नलगाड नगरपालिका-१ का वडाध्यक्ष हिरालाल पुन पक्राउ परेका छन् । चोरीको मोटरसाइकलसहित अध्यक्ष पुनलाई प्रहरीले पक्राउ गरेको हो ।प्रहरीका अनुसार ४ वैशाखमा जाजरकोट नलगाड-१ कल्पतस्थित सडकमा सवारीधनी कागजात नभएको लु५९प ०२१७ नम्बरको १५० सिसिको पल्सर मोटरसाइकल राखेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय दल्ली जाजरकोटबाट खटिएकाे प्रहरीले मोटरसाइकल बरामद गरेकाे थियाे ।

प्रहरी अनुसन्धानका क्रममा उक्त माेटरसाइकल नलगाड नगरपालिका-१ का वडाध्यक्ष हिरालाल पुनले चलाइरहेकाे खुलेकाे थियाे । निजलाई खोजतलासकाे क्रममा ६ वैशाखमा प्रहरी टोलीले फेला पारेकाे थियाे । जाजरकोट जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी पुनमाथि थप अनुसन्धान भई रहेको छ ।

वडाध्यक्ष पुनले लामो समयदेखि उक्त मोटरसाइकल चलाउँदै आएका थिए । तर, उनीसँग मोटरसाइकलका कुनै कागजपत्र थिएनन् । वडाध्यक्ष भएकै कारण प्रहरीले पनि खासै केरकार गरेको थिएन । उनी अहिले प्रहरी हिरासतमा छन् । वडाध्यक्षमा फेरि दोहाेरिने इच्छा राखेका उनलाई चोरी काण्डले धक्का लागेकाे छ ।

यिनै हुन् आफ्नै पेटमा गो’ली हा नेर ज्यान गुमाएकी सैनिक जवान कोपिला-आफैँलाई गो’ली हानेकी कपिलवस्तुस्थित शमशेरदल गणमा कार्यरत सिपाही कोपिला राजवंशीको मृ’त्यु भएको छ। कपिलवस्तु जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी जेसी शाहका अनुसार भैरहवा मेडिकल कलेजमा उपचारका क्रममा बिहान उनको मृ’त्यु भएको हो।

‘आज बिहान साढे ६ बजेतिर हामीलाई खबर आयो उहाँको नि’धन भयो,’ सूचना अधिकृत शाहले बिहीबार बिहान जानकारी दिए। उनका अनुसार उपचारका लागि राति नै काठमाडौं लाने तयारी गरिए पनि हेलिकप्टर नआएकाले भैरहवामै उपचार गरिएको थियो। कपिलवस्तुको शमशेरदल ग’णमा कार्यरत सिपाही राजवंशीले आफ्नै पेटमा गो’ली हा’नेकी थिइन्।

राजवंशी गो’ली ला’गेको अवस्थामा बुधबार साँझ ७ बजे फेला परेकी थिइन् । गणभित्रै गो’ली ला’गेर गम्भीर घाइते भएकी उनको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार हुन नसकेपछि तत्कालै भैरहवास्थित युनिभर्सल मेडिकल कलेज लगिएको थियो ।

उनको पेटमा दुई वटा गो’ली ला’गेको बताइएको छ । राजवंशी आफैंले गोली चलाएर देह त्याग ग रे को प्रहरीले जनाएको छ । डिएसपी शाहका अनुसार सिपाही राजवंशीले ड्युटीमा रहेका बेला आफैँले बोकेको एम १६ राइफलले आफ्नै पेटमा गो’ली हा’नेकी थिइन् । तर सैनिक स्रोतले घटनाबारे केही खुलाएको छैन ।

Leave a Reply

Your email address will not be published.