ओलीलाई श्रीमतीले बिहान ४ बजे आएर थर्काएपछि…

राजनिति समाचार

काठमाडौ ८ वैशाख । एमाले अध्यक्ष केपी शर्मा ओलीले चुनावको बेला नखटिए कहिल्यै खटिने भन्दै आफु २ घण्टा सुत्ने गरेको बताएका छन् ।

पार्टीको पहिलो केन्द्रीय सल्लाहकार परिषद्को बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आज पनि आफु बिहान ४ बजे देखि ६ बजे सम्म सुतेको बताएका छन् ।

आफुहरु देश बनाउन लागि परेको बताएका उनले नेपालमा जिउँदा हावा पानी र जमिन भएकाले गरिबै हुन नसक्ने देश भएको जिकिर समेत गरेका छन् ।

‘२ बजे सम्म बैंठक त्यसपछि एउटा किताब पल्टाउँदा ४ बजेछ । श्रीमती आएर थर्काएपछि बल्ल घडी हेरेको ४ बजेछ त्यसपछि सुतेको ६ बजे बाहिर हल्लाखल्ला भयो त्यस पछि उठे ।’ ओलीले भने ।सम्बोधनमा ओलीले एमालेको लागि कांग्रेस चुनौती नभएको पनि बताएका छन् ।

करिश्माको फेसबुक नाम ‘सूर्य कुमारी’-काठमाडौं । नायिका करिश्मा मानन्धरले सामाजिक सञ्जालमा आफ्नो नाम ‘सूर्य कुमारी’ राखेकी छन् ।उनले सामाजिक सञ्जाल फेसबुकमा करिश्मा मानन्धरको पछाडी कोष्टमा ‘सूर्य कुमारी’ राखेकी हुन् ।

केही समयअघि एमाले प्रवेश गर्दा करिश्माले आफ्नो न्वारानको नाम सूर्य कुमारी भएको बताएकी थिइन्। उनलेको सो अभिव्यक्तिलाई धेरैले आलोचना गरेका थिए ।

काठमाडौं। बागमती प्रदेशसभा सांसद विजय सुवेदीले राजीनामा दिएका छन्। नेकपा एमालेबाट भरतपुर महानगरपालिकाको प्रमुख पदमा सर्वसम्मत सिफारिस भएका सुवेदीले आज सभामुख सानुकुमार श्रेष्ठलाई राजीनामा पत्र बुझाएका हुन्।प्रदेशसभा निर्वाचनमा उनी चितवन २ ‘ख’ क्षेत्रबाट निर्वाचित भएका थिए। निर्वाचन आयोगले आसन्न निर्वाचनमा फेरि निर्वाचनमा लड्न चाहने बहालवाला जनप्रतिनिधिले मनोनयन दिनुअघि राजीनामा गर्नुपर्ने जनाएको छ।स्थानीय तह निर्वाचनका लागि वैशाख ११ र १२ गते मनोनयन दर्ताका लागि छुट्याएको छ।

राजीनामा दिएपछि संचारकर्मीसँग उनले आफू २०६२र६३ आन्दोलन पछि सधैँ चितवनको विकासको लागि लागि परेको दाबी गरे। त्यसैले अब चितवन विकासकै लागि आफू मेयरको उम्मेदवार बनेको उनले बताए।

सत्तारुढ गठबन्धनबाट भरतपुर महानगरपालिकामा माओवादी केन्द्रले प्रमुख पदमा उम्मेदवार उठाउनेछ। माओवादीबाट बहालवाला प्रमुख रेनु दाहाल उठ्ने चर्चा छ।यद्यपि, माओवादीले उम्मेदवारको नाम आधिकारिक रूपमा सार्वजनिक भने गरेको छैन।

Leave a Reply

Your email address will not be published.