बिहेको फोटो सार्वजनिक गर्दै केकीले आफ्ना शुभचिन्तकको लागि लेखिन यस्तो मार्मिक शब्द

मनोरंजन

अभिनेत्री केकी अधिकारीले आफ्नो बिहेको फोटो सार्बजनिक गरेकी छिन् । हाम्रोबजार डटकमका सिइओ रोहित तिवारीसँग उनी आज विवाह बन्धनमा बाँधिएकी हुन्।

बुधबार केकी र रोहितले मेहन्दी उत्सव मनाएका थिए। पारिवारिक सदस्य र केही साथीभाइबीच दुईले मेहन्दी उत्सव मनाएका हुन्।

फोटो सार्वजनिक गर्दै केकी लेख्छिन् –

आजका दिन सम्म मलाई कलाकारको रूपमा दिनु भएको माया, सद्भाव र समर्थन प्रति हार्दिक आभारी छु। कलाकारका रूपमा मेरा हरेक उतार चढावको साक्षी बन्नु भएको मेरा प्रिय दर्शकसॅंग मेरो विवाहको शुभ समाचार बाढ्न पाउदा अत्यन्तै हर्षित छु।

जीवनको नया अध्याय सुरू गर्दै गर्दा म र मेरो जिवन साथीले उपहार स्वरूव यहाहरूको आशिर्वादको अपेक्षा गरेका छौँ। यहाहरूको माया, साथ र सद्भाव हामी प्रति सदैव कायम रहने कुरामा हामी विस्वस्त छौँ।

-केकी /रोहित

रोहित फोर्ब्सको सन् २०२० मा एसियाबाट ३० वर्षमुनिका धनाढ्यको सूचीमासमेत परेका थिए। उनी फुडमारियोको समेत सिइओ हुन्। केकी र रोहितबीच केही समयदेखि प्रेम सम्बन्ध रहेको बताइएको छ।

तर अभिनेत्री केकी अधिकारीले विवाह गरेको चर्चाले हिजो बुधबार दिनभर फिल्म क्षेत्र गर्मायो ।

केकी र रोहित एकवर्षदेखि प्रेम सम्बन्धमा थिए । तर प्रेम सम्बन्धलाई उनीहरुले सार्वजनिक गरेका थिएनन् ।

Leave a Reply

Your email address will not be published.