जसपाको घोषणापत्र – हरेक पालिकामा बसपार्कदेखि घर-घरमा शौचालय, महिला र दलितलाई करोडसम्म ऋण

राजनिति

स्थानीय तह निर्वाचनका लागि जनता समाजवादी पार्टी (जसपा) ले घोषणापत्र सार्वजनिक गरेको छ।

बुधबार सार्वजनिक गरिएको घोषणापत्रमा प्रत्येक स्थानीय तहमा चक्रपथ बनाउने योजना अघि सारिएको छ। ‘पालिकाहरूको स्थानीय विशिष्टता अनुरूप सेरोफेरोमा चक्रपथ निर्माण गरिनेछ,’ जसपाले भनेको छ, ‘पालिकाका केन्द्र र वार्ड केन्द्रहरू जोड्ने सडकहरू बनाइनेछन्। चक्रपथ, पालिका केन्द्र र वडाका केन्द्र जोड्ने सडकसँग गाउँ, बस्ती तथा टोल लिंक रोड बनाइनेछ।’

त्यस्तै, शुद्ध खानेपानीको व्यवस्था गर्ने जसपाले प्रतिबद्धता जनाएको छ। योसँगै दुई सय लिटरसम्म खानेपानी निःशुल्क उपलब्ध गराउने घोषणापत्रमा उल्लेख छ।घोषणा पत्रमा आर्थिक रुपान्तरणका लागि महिला र दलितलाई एक करोडसम्मको ऋणदेखि विभिन्न विकासे प्रतिबद्धता रहेका छन् ।आधुनिक शौचालय सुविधा नपुगेका घरपरिवारलाई शौचालय निर्माण गर्न १० हजार रुपियाँको अनुदान दिइने जसपाले प्रतिवद्धता जनाउँदै खानेपानीका मुहान र पोखरी संरक्षण गरिने बताइएको छ ।दलित, अल्पसंख्यक, शारिरीक अपांगता भएका व्यक्तिहरुको रोजगारी तथा महिला उत्थानका लागि ५ प्रतिशत अनुदानसहित सहुलियत ब्याज दरमा एक करोड रुपैया सम्म ऋण उपलब्ध गराइने घोषणा पत्रमा प्रतिबद्धता जनाइएको छ ।

जनता समाजवादी पार्टीले पर्यटक आकर्षित गर्ने होटल तथा रिसोर्ट तथा अन्य सेवा प्रदान गर्ने उद्यमीलाई पहिलो ५ वर्षसम्म आयकरमा ७५% छुट दिइने घोषणा पनि गरेको छ।

जनता समाजवादी पार्टीले नगरका सबै वडा कार्यालय क्षेत्रमा, सबै स्कुलहरूमा र अस्पताल क्षेत्रमा निर्वाचनपछिको पहिलो वर्षमा नै इन्टरनेट नि:शुल्क गर्ने जनाएको छ। त्यस्तै, टोल-टोलमा क्रमशः इन्टरनेट सेवा नि:शुल्क उपलब्ध गराउने दाबी गरेको छ।

घोषणापत्रको पूर्णपाठ

https://drive.google.com/file/d/1nBefTQ3AfeQ_q3U17nKyinL0btpI-oqY/view

Leave a Reply

Your email address will not be published.