त्रिविको अत्यन्तै जरुरी सूचना प्रकाशित

समाचार

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले अत्यन्तै जरुरी सूचना जारी गरेको छ । त्रिवि शिक्षाशास्त्र संकायले परीक्षा फारम भर्ने सम्बन्धी जरुरी सूचना जारी गरेको हो । बि.एड. (आइ.सि.टी.ई. र एस.एन..ई.) नवौं सत्रान्तको परीक्षा फारम भर्नेबारे सूचना प्रकाशित भएको छ ।

जारी सूचनामा भनिएको छ, ‘२०७९ साल जेठ महिनामा सञ्चालन हुने शिक्षाशास्त्र संकायअन्तर्गत सेमेस्टर प्रणालीमा आधारित स्नातक तह बि.एड. (आइ(सि.टी.ई. र एस.एन..ई.) नवौं सेमेस्टरको नियमित र आंशिक परीक्षामा सम्मिलित हुन चाहने विद्यार्थीहरुले २०७९ साल बैशाख ३१ गतेभित्र आ–आफ्नो क्याम्पसमा सम्पर्क गरी परीक्षा आवेदन फारम अनलाइन मार्फत भर्न हुन सम्बन्धित सबैलाई सूचित गरिन्छ ।

तोकिएको समयभित्र परीक्षा फारम भर्न छूट हुने परीक्षार्थीहरुले मिति २०७९ साल जेठ १ गतेदेखि ५ गतेसम्म दोब्बर शुल्क तिरी परीक्षा फारम भर्न सक्नेछन् ।’

Leave a Reply

Your email address will not be published.