चर्चित नायिका वर्षा सिवाकोटी आज विवाह बन्धनमा बाधिने, को हुन् वर्षाका हुनेवाला पति ?

मनोरंजन समाचार

चर्चित नायिका वर्षा सिवाकोटी आज विवाह बन्धनमा बाधिने भएकी छिन् । नायिका केकी अधिकारीले गुपचुपमा बिहे गरेको खबर न सेलाउँदै अर्की नायिका वर्षा सिवाकोटी पनि विवाह बन्धनमा बाधिन लागेकी हुन् ।

हालै अमेरिका बाट फर्किएकी उनले आज लगन गाँठो कस्ने भएकी हुन् । पारिवारिक सदस्य र निकट साथीहरूको सानो जमघटमा उनले बिहे गर्न लागेकी हुन् । नाम नखुलाएता पनि निकट श्रोतको अनुसार वर्षाको जीवन साथी अमेरिकामा बसोबास गर्द छन् । बर्षाले पनि गुपचुपमै बिहे गर्न लागेकी हुन् ।

वर्षा प्रेम र रोमान्सका कारण चर्चामा आइरहने सुन्दरी हुन् । उनी यसअघि चलचित्र विकास बोर्डमा सदस्य नियुक्त भएका राज कटुवालसँग प्रेम सम्बन्धमा थिइन् । त्यसअघि पनि अमेरिकाका एक युवासँग पनि ब्रेकअप गरिसकेकी थिइन् ।

आजबाट एसईई परीक्षा, ५ लाख १४ हजार परीक्षार्थीमाध्यमिक शिक्षा परीक्षा -(एसईई) आज शुक्रबार बिहान ८ बजेबाट देशभर एकसाथ सञ्चालन हुँदैछ । पहिलाे दिन आज अनिर्वाय अंग्रेजी विषयकाे परीक्षा हुँदैछ । परीक्षा २० वैशाखसम्म सञ्चालन हुनेछ ।

राष्ट्रिय परीक्षा बोर्ड, एसइईका परीक्षा नियन्त्रक अर्जुन रायमाझीका अनुसार एसईईमा ५ लाख १४ हजार ९ सय ७७ परीक्षार्थी सहभागी हुँदैछन् । जसमध्ये २ लाख ५७ हजार ९ सय २७ छात्र र २ लाख ५७ हजार ५३ छात्रा छन् ।

बाेर्डले एसईईका लागि देशभर २ हजार ७ परीक्षा केन्द्र ताेकेकाे छ । विद्यार्थीहरुले ती परीक्षा केन्द्रमार्फत परीक्षा दिनेछन् ।

बोर्डले परीक्षालाई व्यवस्थित बनाउन प्रदेशस्थित सामाजिक विकास मन्त्रालय र जिल्ला परीक्षा समन्वय समितिको व्यवस्थापनमा प्रदेश परीक्षा व्यवस्थापन समिति गठन गरिसकेकाे छ । एसइई परीक्षा सञ्चालनका लागि प्रदेश परीक्षा व्यवस्थापन समिति, परीक्षाको अनुगमनदेखि उत्तरपुस्तिका परीक्षण, संपरीक्षण र रुजुको कामसमेत गर्ने छन् ।

काेभिड-१९ महामारीका कारण अघिल्ला दुई वर्ष विद्यालयको आन्तरिक मूल्यांकनका आधारमा राष्ट्रिय परीक्षा बोर्डले ग्रेडसिट जारी गरेको थियाे ।

Leave a Reply

Your email address will not be published.