पशुपति शर्माले सत्तारुढ गठबन्धनलाई ‘लाज पचेकाहरु हो’ भनेपछि….

मनोरंजन

काठमाडौं । चर्चित लोक गायक पशुपति शर्माले सत्तारुढ गठबन्धनलाई ‘लाज पचेका’को संज्ञा दिएका छन्।

स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा सत्तारुढ गठबन्धन उम्मेदवार चयन गर्ने कसरतमा जुटेको छ। यद्यपी तालमेलको टुंगो भने लाग्न सकेको छन।

सत्तामा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले चुनावी तालमेल गर्ने प्रयास गरिरहेका छन्।

हिजो सोमबारको पाँच दलीय गठबन्धनका शीर्ष नेताहरुको बैठकले भने देशभर ठाउँ र अवस्थाअनुसार चुनावी तालमेल मिलाएर आपसी सहकार्य र सहयोग भावनाले अघि बढ्न आह्वान गरेका छन् ।

नेपाली काँग्रेस माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाले देशभर ठाउँ र अवस्थाअनुसार चुनावी तालमेल मिलाएर आपसी सहकार्य र सहयोग भावनाले अघि बढ्न सहमत भएका छन् ।

यही कसरत माथि टिप्पणी गर्दै शर्माले लाज पचेकाहरु भनेका हुन्। उनले भनेका छन्, ‘लाज पचेकाहरुले हो गठबन्धन् गर्नी, सिद्दान्त मिल्नु छैन विचार मिल्नु छैन, चुनावी घोषणा पत्र आफ्ना आफ्ना छन्, के हो यो? गठबन्धन, आफुमा बिश्वास छैन भने जनताको बिश्वास कसरी जित्छौ ! कार्यकर्ता र जनता कती भेडा हुन्छौ सोच्नी बेला भयो अब।’

Leave a Reply

Your email address will not be published.