स्वास्थ्यका लागि सक्षम प्रणाली बाँकेका कार्यक्रम अधिकृत रामहरी अधिकारीको यौ’न हर्कतले महिलाहरु तनावमा

समाचार

नेपालगन्ज -स्वास्थ्य कार्यालय, बाँकेमा रहि स्वास्थ्यका लागि सक्षम प्रणाली (एसएसविएच) का कार्यक्रम अधिकृत रामहरी अधिकारीको यौ’न अ’श्लि’ल ह’र्क’त बाहिरिएको छ । विगत दुई वर्षदेखि बाँके जिल्लामा स्वास्थ्य कार्यालयमा रहेर सुशासन तथा स्वास्थ्य योजना क्षेत्रमा प्राविधिक सहयोगका लागि खटिएको भएता पनि अधिकारीले हरेक कार्यक्रमहरुमा महिलाहरुमाथि दु’ब्य’वहार तथा हिं’सा गर्ने गरेको स्रोतले बताएको छ ।

कार्यक्रम अधिकृत अधिकारीले कार्यक्रममा सहभागी महिलाको नम्वर माग्ने, फेसबुकमा साथी बनाउने र रातीराती यौ’न प्र’स्ता’वका लागि महिलाहरुलाई दवाव दिने गरेको अडियो टेप स्वास्थ्य पेजलाई प्राप्त भएको छ । अधिकारीले फरकफरक महिलासँग आफ्नो यौ’न ह’र्क’त प्रर्दशन गरेका छन् । कतिपय महिलालाई उनले अ’श्लि’ल शब्दमै यौ’न प्या’स मे’टा’उन अपिल गरेका छन् ।

महिला माथि दुब्र्यवहार गरिएको फरकफरक अडियो टेपमा उनले यौ’न प्या’सका लागि आफु छटपटिएर याकुलव्याकुल भएको भनेका छन् । स्वास्थ्य क्षेत्रमा सहयोग गर्ने नाममा गैरसरकारी संस्थामा आवद्ध अधिकृत अधिकारीको यौ’न दु’व्र्य’वहारले महिलाहरु तनावमा परेका छन् । अधिकारीकै कारण आफुहरु लामो समयदेखि मानसिकरुपमा विक्षिप्त बनेको स्रोतले स्वास्थ्य पेजलाई बताएको छ ।

महिला हिंसा विरुद्धको क्षेत्रमा समेत काम गर्ने स्वास्थ्यका लागी सक्षम प्रणालीका अधिकृतबाटै भएको यस्तो हर्कतले संस्थालाई नै उदांगो बनाइदिएको छ ।अधिृकत अधिकारीले आफुले गलत मनसायले महिलामाथि यौ’न दु’व्र्य’वहार नगरेको दावी गरेका छन् । स्वास्थ्य पेजसँगको कुराकानीमा अधिकारीले आफुबाट गल्ती भएको स्विकार गरेका छन । ‘मेरो गलत मनसाय होइन उनले स्वास्थ्य पेजसँग भने(‘गल्ती भए माफी माग्छु ।’

उनले महिलाहरुलाई ज’वर’ज’स्त यौ’न स’म्ब’न्धका लागि दवाव दिएको अडियो टेपमा स्पष्ट सुन्न सकिन्छ । यहाँसम्मकी उनले आफु उत्तेजनाले खप्ने नसक्नेसम्मको अभिव्यक्ति दिएका छन् । कतिपय शब्द उल्लेख नगर्ने खालकै अ’श्लि’ल छन् । यौ’न दु’व्र्य’वहार र यौ’न हिं’साका लागि उद्धत देखिएका अधिकृत अधिकारीमाथि छानवीन र कारवाही गर्न पीडितहरुको आग्रह छ । स्वास्थ्य पेजबाट

Leave a Reply

Your email address will not be published.