बालकोट गएर ट्युसन पढाउँछु भन्ने गगन थापालाई ओलीको कडा जवाफ

राजनिति समाचार

काठमाडौं । बालकोट गएर ट्युसन पढाउने अभिव्यक्ति दिनु भएका कांग्रेस महामन्त्री गगन थापालाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जवाफ फर्काउनु भएको छ ।

नेता थापालाई ओलीले आफ्नो घोषणापत्रको बहसमा आउनेलाई स्वागत गर्ने बताउनु भएको हो । कांग्रेस महामन्त्री थापातर्फ संकेत गर्दै अध्यक्ष ओलीले यस्तो बताउनुभयो ।

काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै ओलीले एमालेले जारी गरेको घोषणा पत्र र प्रतिबद्धताहरुको विरुद्धमा बहसमा उत्रिन चाहे आफ्नो पार्टीले स्वागत गर्ने जानकारी दिनुभयो ।

तर ट्युसन क्लास दिन आउने गगन थापालाई नयाँ र सिकारु नेता भिडाउने जवाफ पनि ओलीले फर्काउनुभयो ।

कोही ट्युसन क्लासहरु चलाउन तयार भए ठूलो कुरा नभएको भन्दै उहाँले भन्नुभयो, ‘भर्खर भर्खर पास गरेका थुप्रै जना छन् । हामी भिडादिउँला । हामी बहस गराइदिँउला ।’

पूर्वप्रधानमन्त्री समेत रहनु भएका अध्यक्ष ओलीले नेपाली कांग्रेसको विचार शून्य रहेको प्रतिकृया पनि दिनुभयो । उहाँका अनुसार कांग्रेस वैचारिकरुपले कुहिराका काग भएको छ ।

Leave a Reply

Your email address will not be published.