काठमाडौं । त्रिभुवन विश्वविद्यालयले अत्यन्तै जरुरी सूचना जारी गरेको छ । त्रिवि विज्ञान तथा प्रविधि अध्ययन संस्थानले महत्वपूर्ण सूचना प्रकाशित गरेको हो ।
त्रिविले चार वर्षे स्नातक तह कम्प्यूटर विज्ञान तथा सूचना प्रविधि (बी.एस.सी. सीएसआइटी) विषय प्रथम वर्ष दोश्रो शत्र–२०७७ समुहको परीक्षा तालिका सम्बन्धी सूचना जारी गरिएको हो ।
त्रिविले भनेको छ, ‘त्रिभुवन विश्वविद्यालय, विज्ञान तथा प्रविधि अध्ययन संस्थान, डीनको कार्यालय, परीक्षा शाखा, बल्खुद्धारा सेमेष्टर परीक्षा प्रणाली अनुसार २०७९ सालमा सञ्चालन गरिने चार वर्षे स्नातक तह कम्प्यूटर विज्ञान तथा सूचना प्रविधि विषय प्रथम वर्ष (बी.एस.सी. सीएसआइटी) दोश्रो शत्र–२०७७ समूहको नियमित तथा सोही शत्रको सो भन्दा अगाडिका समूहको आंशिक परीक्षा निम्न लिखित परीक्षा तालिका अनुसार सञ्चालन हुन भएकोले सम्बन्धित सबेको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’
त्रिविद्धारा २३ दिन बिदा दिने निर्णय (सूचनासहित)-काठमाडौं । त्रिभुवन विश्वविद्यालयले २३ दिन बिदा दिने निर्णय गरेको छ । विश्वविद्यालयअन्तर्गत सूचना तथा जनसम्पर्क महाशाखाले आज एक विज्ञप्ति प्रकाशित गरी यही वैशाख २२ गतेदेखि जेठ १३ गतेसम्म त्रिविका सम्पूर्ण क्याम्पस बिदा दिने जानकारी दिएको हो ।
विज्ञप्तिमा चालू शैक्षिक सत्रको वर्षे बिदाका सम्बन्धमा सत्रान्त बिदा दिइने क्याम्पसको हकमा सम्बन्धित अध्ययन संस्थानबाट निर्णय गरे बमोजिम गर्ने र अन्य क्याम्पसको हकमा सम्बन्धित संस्थानबाट निर्णय गरे बमोजिम गर्ने तथा अन्य क्याम्पस, विभाग र स्कुलको हकमा विद्यार्थीको नियमित परीक्षा सञ्चालन यथावत रहने गरी २०७९ वैशाख २२ गतेदेखि जेठ १३ गतेसम्म २३ दिन चालू शैक्षिक सत्रको वर्षे बिदा दिने निर्णय भएको उल्लेख छ ।