सुहाना थापाले माफी मागेपछि…

समाचार

काठमाडौँ । ‘ए मेरो हजुर ३’ र ‘ए मेरो हजुर ४’मा अभिनय गरेर चर्चामा आएकी नायिका हुन् सुहाना थापा । अभिनेत्री झरना थापाको निर्देशनमा तयार भएको फिल्ममा अनमोल र सुहानाको जोडीलाई दर्शक रुचाए ।

कृष्ण भगवान माथी आस्था राख्ने सुहाना शान्त स्वभावकी छिन् ।

आँफुले वा आफ्नो टिमकले भुलवश कुनै गल्ती गरेमा शान्त तरिकाले आफ्ना कुरा राख्ने सुहानाले हालै सामाजिक सञ्जाल फेसबुक स्टोरीमा लामो चिठ्ठी लेख्दै यौनिक अल्पसङ्ख्यकसँग माफी मागेकी छिन्।

सुहानाले यौनिक अल्पसंख्यकलाई मजाकको विषय बनाउने आफूहरूको उद्देश्य नभएको कुरा राख्दै अन्जानमा त्यस्तो हुन गएकोमा माफी मागेकी हुन् ।

‘ए मेरो हजुर २’ र ‘३’ मा समलिंगी पात्रलाई चित्रण गरिएको उदाहरण दिँदै उनले गल्ती भएको र आगामी फिल्ममा यस्ता गल्ती नदोहोर्याउने वाचा गरेकी छिन् । फिल्म सुहाना इन्टरटेनमेन्टको ब्यानरमा निर्माता सुनिल कुमार थापाले निर्माण गरेका हुन् ।

ट्राफिक जरिवना अब यति सजिलै घरमा नै बसेर तिर्न सकिने-काठमाडौँ- काठमाडौँ उपत्यकामा ट्राफिक जरिवना क्युआर कोर्डमार्फत तिर्न सकिने भएको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयले ट्राफिक नियम उलङ्घन गर्ने चालकको सहजताका लागि ‘क्युआर स्क्यान पे फाइन एण्ड विथड डकुमेन्ट’ सुविधाको थालनी गरेको हो ।

कुमारी बैंक लिमिटेडको सहकार्यमा बिहीबारदेखि सुरु गरिएको उक्त सेवाको कार्यालयका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशी र बैंकका डिजिटल प्रमुख अनिश ताम्राकारले संयुक्तरुपमा शुभारम्भ गर्नुभयो ।

उक्त सेवा प्रारम्भ भएसँगै जरिवाना रकम तिर्न बैंक खोज्न भौतारिनुपर्ने वा नगद पैसा बोकेर बैंकमा घण्टौँ लाइनमा बस्नुपर्ने बाध्यताको अन्त्य हुने कार्यालय प्रमुख जोशीले बताउनुभयो । उहाँले ट्राफिक प्रहरीले ट्राफिक व्यवस्थापनमा नयाँनयाँ प्रविधिको उच्चतम प्रयोगलाई बढाउँदै लगेकाले आम सडक प्रयोगकर्तालाई थप सहज, सरल, छिटो र भरपर्दो भएको उल्लेख गर्नुभयो ।

कुमारी बैंकका डिजिटल बैंकिङ प्रमुख ताम्राकारले उक्त व्यवस्थाबाट नागरिकलाई थप सुविधा भएको र आगामी दिनमा अझ सुलभ तथा उत्कृष्ट सेवाका लागि ट्राफिक प्रहरीसँग सहकार्य गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

Leave a Reply

Your email address will not be published.