७ वर्ष कुवेतमा बन्धक बनेकी शारदाको उद्धार, मायाँ मारेकी छोरी सामुन्ने आइपुग्दा थामिएनन् आँ’सु

समाचार

वर्षौदेखि कुवेतमा एक साउदी परिवारबाट बन्धक बनाइएकी एक नेपाली चेलीको उद्दार भएको छ । न्यूज २४ को कार्यक्रम ‘सीधा कुरा जनतासँग’ सम्पर्कमा आएकी दाङकी शारदा विक अहिले आफ्नो गृहजिल्ला दाङ पुगिसकेकी छिन् ।

शारदाले नेपाल छाडेको सात वर्ष भइसकेको थियो । साउदी परिवारले यो सात वर्षमा आधा भन्दा बढी समयको तलब समेत दिएन । १८ घण्टासम्म काममा दलाउँथ्यो । ठूलो संघर्षपछि आफ्नै घर पुग्दा उनका बाबु आमाले खुसी सम्हाल्न सकेनन् ।

कुवेतमा ७ वर्षदेखि बन्धक रहेकी दाङ तुलसीपुर उप–महानगरपालिका वार्ड–६ की शारदा बिकको उद्दार भएको छ ।कुवेतको सोलेवियामा साउदी नागरिकको घरमा बन्धक बनाएर राखेको भन्दै शारदा कार्यक्रम सिधा कुरा जनतासँगको सम्पर्कमा आएकी थिइन् । उनले आफु लुकेर बनाएको भिडियो हामीलाई प्राप्त भएको थियो ।

उनको भिडियो प्राप्त भएसँगै सिधाकुराको टीमाले उनको विषयमा रिर्पोटिङ गरेका थियो। कार्यक्रमको ८ सय १३औँ संस्करणमा यो विषय उजागर गरिरहदाँ शारदाकी आमा तिलशरी विक पनि हाम्रो सम्पर्कमा आएकी थिइन् ।

आफ्नो छोरीले पटक पटक नेपाल आउने प्रयास गर्दा पनि आउन नपाएको दुखेसो उनको थियो । तर, शुक्रबार शारदाले स्वेदशमा पाइला टेकिन् । र, ७ वर्षदेखि भेट्न नपाएको आफ्नो परिवार भेट्न पाइन् । अहिले उनी दाङस्थित आफ्नै घर पुगेकी छिन् ।

सात वर्षदेखि छोरी भेट्न नपाएको, विदेशमा साउदी परिवारबाट बन्धक बनेको खबर सुनेर शारदाको परिवारमा ठूलो बज्र परेको थियो । तर अहिले शारदाको परिवार धेरै खुसी छ । आमा तलसरीले सन्तोषको सास फेरेकी छिन् । छोरी सकुसल देख्दा ढुक्क भएकी छिन् ।

कहिले काँही छोरीको आवाज मात्रै सुन्न पाइरहेका शारदाका बुबा लाल बहादुर विकलाई छोरीले विदेशमा दुःख भोगेको खबरले निकै पीडा मात्रै दिन्थ्यो । जसोतसो अहिले शारदा फर्किन पाएकी छिन् । छोरी फर्किएको खुसीको यो क्षण उनले सम्हाल्न सकेनन् ।

शारदाका अनुसार उनलाई मालिकले एक हप्ताको लागि भनेर जोर्डन पनि लगेको थियो । जोर्डनबाट नै उनलाई नेपाल फर्कादिने भन्दै मालिकले आश्वासन पनि दियो । तर, जोर्डनमा दुई वर्ष राखेर फेरि कुवेतमै नै फर्काइदियो ।

त्यहाँ मालिकको घरमा उनले बन्दी सरहको जीवन बिताउँनुप¥यो । करार अवधि दुई वर्षको भएपनि ७ वर्ष बितिसक्दा पनि मालिकले घर फर्कन नदिएर घरमै बन्धक बनाएर राखिदियो ।त्यहाँ उनले खाना बनाउने, बालबच्चा हेर्नेदेखि घरको सबै काममा हरेक दिन २० देखि २२ घण्टासम्म खट्नुपथ्र्यौ ।त्यसमाथि ७ वर्षदेखि काम गरेपनि अहिलेसम्म करिब ३ वर्ष ६ महिनाको मात्र परिश्रमिक उनले पाइन् । शारदा एक प्रतिनिधि पात्र मात्रै हुन् ।

पछिल्लो समय नेपालबाट मानव तस्करहरुले गैर कानुनी बाटोमार्फत नेपालका सोझा सिधा महिलाहरुलाई घरेलु कामदारको रुपमा दुबई, कतार, साउदी अरेबिया, कुवेत ओमान लगायतका मुलुकमा पठाएर विचल्लीमा पार्ने गरेका छन् ।कुवेतबाट फर्किएकी शारदाले आफ्नो उद्धारमा सहयोग पु-याउने न्यूज २४ टेलिभिजन सहित ओमानमा रहेकी सबु सुनुुवार र कुवेतमा रहेका रोहीत कट्वाललाई धन्यवाद दिएकी छिन् ।(न्युज 24बाट)

Leave a Reply

Your email address will not be published.