एमालेबाट मेयरका उम्मेदवार सुरत केसीको महिलासंग गरेको ‘‘रंगिला संवाद’’ (भिडियोसहित)

राजनिति

राष्ट्रपतिको हातबाट पदक पाएको १० दिनमै पूर्वको ताप्लेजुङकी मालपोत हाकिम लेखा पनेरु रङ्गे हात समातिएको चर्चा सेलाउन नपाउँदै पश्चिममा समेत यसरी नै रास्ट्रपतिद्वारा पुरस्कृत त्यस्तै एक होनहार पात्रको चपाउने दाँत सार्वजनिक भएको छ ।

म्याग्दीको सदरमुकाम बेनी नगरपालिकाका मेयर उम्मेदवारले महिलासँग छा’डा सम्वाद गरेको अडियो-भिडियो आजै बाहिरिएको छ ।

एमाले जिल्ला सचिव र हाल मेयर उम्मेदवार रहेका सुरत केसीले एक जना महिलासँग आफूले गरेको सहवासको बारेमा छाडा सम्वाद गरेको अडियो हो त्यो । संवादमा सँलग्न महिलासँग कमरेड केसीले धेरै जना महिलाको नाम लिएर ती सबैसँग आफूले शारीरिक सम्बन्ध राखेको स्वीकारेका छन् ।

ओछ्यानमा पल्टिएर फोन संवादमा जोडिएकी महिलालाई ‘म्याडम’ भनिएकाले उनी विवाहित रहेको सहजै अनुमान लगाउन सकिन्छ ।मेयर उम्मेदवार केसीले पोखरा गएको र बेनीमा रहेको बेला विपरित लिङ्गीहरुसँग गरिएको सहवासबारे सगर्व बताइरहँदा ती महिला हाँसेको मज्जैसङ्ग सुनिन्छ । केसीले गैह्र विवाहेत्तर अनैतिक सम्बन्धबारे शोभनलगायत अरु धेरैले हल्ला गरेको पनि ती महिलालाई बताएका छन् । महिलाले भने उनै शोभनलाई दाइ भनेर सम्बोधन गरेकी छन् ।

“सु” अक्षरबाट नाम शुरु भएकी महिलाले केसीले महिलाहरुसँग राखेको सम्बन्धबारे शोभनलाई भनिदिएको र त्यतैबाट जताततै गोपनीयता चुहिएको कुरालाई पनि कमरेडले सहज रुपमा लिएका छन् । टेलिफोन संवादको अन्तमा महिलाले सचिव कमरेडलाई ‘बोका’ को संज्ञा दिएकी छन् ।

केसी गत वर्षदेखि एमाले म्याग्दी जिल्ला कमिटीमा सचिव छन् । त्यसअघि जिल्ला सचिवालयमा थिए । विगतमा प्रेस चौतारी नेपालको जिल्ला कमिटी उपाध्यक्ष पनि रहे ।

छ वर्षअघि तत्कालीन पशुपंक्षी विकास राज्यमन्त्री नरदेवी पुनको स्वकीय सचिव थिए । उनलाई कोरोना महामारी व्यवस्थापनमा उत्कृष्ट भूमिका निर्वाह गरेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीबाट संविधान दिवस २०७७ को उपलक्ष्यमा राष्ट्र यशोबर्धक पदक प्रदान गरिएको थियो । -जनआस्थाबाट

Leave a Reply

Your email address will not be published.