नेपालमै बन्छ रु. ३० लाख पर्ने विश्वको चर्चित र महँगो घडी, नेपालमा खोलेको कारखाना विश्वमै पहिलो !

आर्थिक

नेपालमा विश्वकै चर्चित घडी बन्ने तथ्य खुलेको छ । एउटै घडीको मुल्य नै २४ हजार ५०० डलर छ अर्थात् झन्डै ३० लाख नेपाली रुपयाँ । नेपालमा कोबोल्ड हिमालय सिरीज ब्रान्डमा उत्पादन हुने गर्छ ।

उक्त कम्पनीको वेव साइटका अनुसार हिमालय एभरेष्ट (HIMALAYA EVEREST EDITION II) एडिसन दुईको मुल्य हो ३० लाख ।

त्यो भन्दा अर्को पनि छ एउटै घडीको १६ लाख ५० हजार मूल्य पर्ने ‘कोबोल्ड वाच’ नेपालमै बन्ने गरेको महंगो मूल्यमा निर्यात हुने पनि तथ्य खुलेको हो ।

हिमालय ४४ मोडलको उक्त घडीको सामान्य डायलको नै ३ लाख ७० हजार रुपैयाँ पर्छ । हिमाय ४१, ट्रान्सक्लव, थाङकाडाइल, लिन्स मोडलका घडी नेपालमा बन्ने गर्छन् । यसमध्य थाङकाडाइलमा बुद्धको चित्र अंकित थाङका कुदिएको हुन्छ भने लिन्स सबैभन्दा सस्तो मोडलको घडी हो ।

नेपालमा कोबोल्ड हिमालय सिरीज ब्रान्डमा उत्पादन हुने गर्छ । डायल सगरमाथा क्षेत्रको चट्टानबाट बनेको कारण पनि यो घडी अत्यधिक महंगोमा विक्री हुने गरेको हो । घडी बनाउन प्रयोग गरिने क्राउन ह्यान्च, सफारी ग्लासजस्ता कच्चापदार्थ अमेरिकाबाट आयात गरिन्छ । उच्च क्षेत्रमा यात्रा गर्दा लगाउने घडीका रुपमा कोबोल्ड संसारभर प्रख्यात छ ।

संसारकै महंगा घडीमध्येमा पर्छ यो ब्रान्ड । अमेरिकाको पेन्सलभेनियामा मुख्यालय रहेको कोबोल्डका घडी थोरै संख्यामा उत्पादन हुने गर्छन् तर महंगोमा बिक्री हुने गर्छन् । यो कुरा त नेपालमा हुने उत्पादनले पनि पुष्टि गर्छ । नेपालमा वार्षिक् करिव ५० वटामात्रै घडी बन्छन् । कोबोल्डको नेपालमा खोलेको कारखाना विश्वमै पहिलो पनि हो ।

Leave a Reply

Your email address will not be published.