सत्ता गठबन्धन भत्काउन भरतपुरमा उठाइयो बागी, चिनियाँ राजदूतको पूर्ण साथ

राजनिति

चितवनको भरतपुर महानगरपालिकाको मेयरमा बागी उठेका नेपाली कांग्रेसका पूराना नेता एवं पूर्वसांसद जगन्नाथ पौडेल सत्ता गठबन्धन भत्काउने मतियारका रुपमा अग्रसर भएको खुलेको छ ।

पौडेलले कांग्रेस बचाउन, चारतारे झण्डा जोगाउन, रुख चिन्ह जोगाउन उम्मेदवारी दिएको तर्क गरे पनि उनलाई गठबन्धन विरोधी शक्तिले परिचालन गरेको खुलेको हो । उनी निकट चितवनका कांग्रेस नेताहरुकाअनुसार बागीमा टसको मस नभएका, पार्टी नेतृत्वको पनि आग्रहलाई नमानेलाई पौडेललाई चिनियाँ राजदूतावाससम्मको बलियो समर्थन रहेको छ ।

स्थानीय स्तरमा एमालेले फुटाउ र राज गर नीतिअन्तर्गत पौडेललाई जिताउने ढाडस दिएर उचालेको यो सबै नियालिरहेका उनीनिकट एक नेता बताउँछन् । स्थानीय स्तरमा एमालेको ढाडस र केन्द्रबाट सत्ता गठबन्धन भत्काउन प्रयासरत चिनियाँ दूतावासको समर्थनपछि पौडेलले आफ्नै पार्टीको नेतृत्वलाई अटेरी गरेका हुन् ।

उनले पार्टीको निर्देशन नै लत्याएका छन् । पाको राजनीतिज्ञको हिसाबले पौडेलले सहजीकरण गरिदिनुपर्ने एउटा आलकाँचो बच्चा अपरिपक्व व्यवहार प्रदर्शन गरेका छन् ।

यो सबैका पछाडि चिनियाँ दूतावास र राजदूत होउ यान्छीको हात रहेको चितवन कांग्रेसका एक उच्च नेताले बताए । सुरुमा पौडेललाई उम्मेदवारी दिन सघाएका र अहिले केन्द्रीय नेतृत्वको समस्या बुझेर पौडेल छाडेर गठबन्धन उम्मेदवारको पक्षमा उभिएका ती नेताकाअनुसार पौडेलको जिद्दी पछाडि एमाले र चिनियाँ दूतावासको भूमिका छ ।

एमालेको जसरी पनि भरतपुरमा मेयर उम्मेदवार रहेकी प्रचण्डकी छोरी रेणुलाई हराएर अघिल्लो चुनावको बदला लिने रणनीति छ भने चिनियाँ दूतावास रेणुलाई हराउन सके सत्ता गठबन्धन नै भत्किने र त्यसपछि आफू अनुकूल कम्युनिस्ट सरकार निर्माणको पहल गर्ने रणनीतिमा अघि बढेको छ ।

हुन पनि प्रचण्डले प्रतिष्ठाको विषय बनाएको भरतपुर माओवादी अथवा रेणु हारे प्रचण्डकै लागि चुनौती हुनेछ । यदि यसो भएमा प्रचण्डले गठबन्धन भत्काउने र यसमा खेलेर चीनले वाम एकताको वातावण पुन बनाउनेतिर लाग्नेछ । त्यसैकारण चिनियाँ राजदूत यान्छीले पौडेललाई उम्मेदवारी फिर्ता गर्न नदिन विभिन्न स्रोत परिचालन गरेकी छन् ।

उत्तरी छिमेकीबाटै ढाडस पाएका पौडेलले आफ्ना सभापति शेरबहादुर देउवा, पार्टीका नेता एवं गृहमन्त्री बालकृष्ण खाण, राज्यमन्त्री उमेश श्रेष्ठ, वरिष्ठ नेता रामचन्द्र पौडेल, माओवादी अध्यक्ष प्रचण्ड, प्रचणका भाई राष्ट्रियसभा सदस्य नारायण दाहाल र चितवन कांग्रेसको नेतृत्वले गरेको पटक पटक आग्रह र अन्य ठाउँमा व्यवस्थापन गर्ने प्रस्तावलाई अस्वीकार गरेका छन् । फिर्ता नलिने ढिपी कसेर बसेका छन् ।

Leave a Reply

Your email address will not be published.