हामीलाई बुढेसकालमा पेट पाल्न भत्ताको व्यवस्था गर्ने एमालेलाई आशिर्वाद छ

समाचार

रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा एमालेका उम्मेदवारहरू मत माग्दै जनताको घरदैलोमा पुगेका छन् ।वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि मत माग्दै उम्मेदवारहरू घरदैलोमा पुगेका हुन् ।घरदैलोका क्रममा ज्येष्ठ नागरिक मतदाताहरूले वृद्ध भत्ता दिने एमाले र एमालेका उम्मेदवारलाई जीतको शुभकामना दिए ।

उनीहरूले एमाले उम्मेदवारको जीत सुनिश्चित भएको भन्दै आशिर्वाद समेत दिए । ‘हामीलाई बुढेसकालमा पेट पाल्न भत्ताको व्यवस्था गर्ने एमालेलाई आशिर्वाद छ’, एक बृद्धाले भन्नुभयो ।

मेयर पदकी उम्मेदवार विमला दुवाडी, उपमेयर पदका उम्मेदवार यादव प्रसाद पाठक, रत्ननगर– ९ का वडाध्यक्ष पदका उम्मेदवार घपन बहादुर लामालगायत वडा सदस्यका उम्मेदवारहरू घरदैलो कार्यक्रममा हुनुहुन्छ ।

कृष्ण मन्दिर चोकमा आयोजित कोणसभामा बोल्दै मेयर र उपमेयरका उम्मेदवार दुवाडी र पाठकले रत्ननगरलाई विकासको उचाईंमा पु¥याउन, रोजगारी सिर्जना गर्न, ग्रामीण क्षेत्रमा पर्यटन विकास गर्न र सुकुम्बासीलाई लालपुर्जा सुनिश्चित गर्न उम्मेदवारी दिएको बताउनुभयो ।

पछिल्लो पाँच वर्षको अवधिमा रत्ननगरमा ठूला योजना निर्माणको प्रक्रिया सुरु गरिएको भन्दै दुवाडीले नगरलाई आवश्यक पर्ने गौरवका योजना निर्माण गरी रत्ननगरको शहरीकरणलाई अन्तर्राष्ट्रिय स्तरको वनाउने प्रतिवद्धता व्यक्त गर्नु भयो ।

उपमेयरका उम्मेदवार पाठकले एमालेको नेतृत्वबाट मात्रै समृृद्धि सम्भव रहेको भन्दै यसअघि एमालेले सुरुवात गरेका योजनालाई सम्पन्न गरेर छाड्ने बताउनुभयो । पूर्वी चितवनकै कालिका नगरपालिकामा पनि एमालेले घरदैलो कार्यक्रमलाई तीव्र बनाएको छ ।

कालिकामा मेयरका उम्मेदवार विनोद रेग्मी र उपमेयरकी उम्मेदवार विमला लामाले शुक्रबार वडा न.ं १ मा घरदैलो गर्नु भयो । वडा नं. १ को अध्यक्षमा बुद्धि बोम्जनले उम्मेदवारी दिनुभएको छ । पूर्वी चितवनको चार वटै पालिकालाई एमालेको गढका रूपमा लिइन्छ । २०७४ सालको निर्वाचनमा एमालेले चार वटै पालिकामा जितेको थियो । यसपटक पाँच दलीय गठबन्धनसँग एमाले एक्लै भिड्दै छ ।

Leave a Reply

Your email address will not be published.