करिश्मा कपूरसँग इन्गेजमेन्ट गरेर पनि बिहे गर्न पाएनन् बलिउडका यि चर्चित अभिनेताले

मनोरंजन

प्रेम कैदी’ बाट बलिउडमा डेब्यु गरेकी चर्चित नायिका हुन् करिश्मा कपूर । उनि अभिनेता रणधिर कपूर र अभिनेत्री बबिता कपूरकी जेठी छोरीको रुपमा करिश्माको जन्म जून २५, सन् १९७४ मा भारतको मुम्बइमा भएको हो ।उनको बलिउडमा चौतर्फी चर्चा हुने गर्दछ । करिश्माले बलिउड डेब्यू गर्दा उनी केवल १५ वर्षकी मात्रै थिइन् ।

उनको फिल्म राजा हिन्दुस्तानी निकै हिट बनेको थियो । उनले दर्जनौ फिल्लमा अभिनय गरीसकेकी छिन् । उनि फिल्मका अवला सामाजिक संजालमा पनि उतिकै सक्रिय रहेकी छिन् । तर उनको नाम बलिउडका अभिनेता अभिषेक बच्चन संग पनि जोडिएको थियो । तर अभिषेकको ऐश्वर्या रायसँग विवाह भएको छ उनको एक छोरी ुमेत रहेकी छिन् । तर त्यसअघि अघि अभिषेकको विवाह करिष्मासँग हुन लागेको थियो ।

उनिहरुको जोडि बलिउडमा एक सफल जोडि रहेको थियो । उनिहरुको बलिउडमा धेरै नै रुचाउने गरिन्थ्यो । अमिताभ बच्चनको जन्म दिनमा अभिषेक बच्चन र करिष्मा कपुरको इन्गेजमेन्ट समेत भएको थियो । तर उनिहरुको विवाह सफल हुन् सकेन जया बच्चनले अभिषेकले इन्गेजमेन्ट तोडेको जानकारी दिइन् । र यिनिहरु टाडिएका थिए ।

यो पनि पढ्नुहोस् -नक्कली भ्याट बिल बनाएर राजश्व चुहावट-जश्व अनुसन्धान विभागले गलत तरिकाले मूल्य अभिवृद्धि कर विजक खरिद गरी राजश्व चुहावट गरेको अभियोगमा दुई व्यावसायिक फर्मविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ ।

विभागका अनुसार भक्तपुर सूर्यविनायक–१० देउजागाउँ स्थायी बसोबास भएका एभरेष्ट यति इन्टरनेशनलका सञ्चालक दीपकुमार देउजा र अचला थापा देउजाविरुद्ध आज उच्च अदालतमा मुद्दा दायर गरिएको हो । राजश्व चुहावट गर्ने मनसायले जालसाजीयुक्त नक्कली तथा झुठा मूल्य अभिवृद्धिकर विजक खरिद गरी वित्तीय विवरण तथा आय विवरण तयार पारी प्रचलित आयकर ऐन तथा मूल्य अभिवृद्धिकर ऐन तथा नियमबमोजिम तिर्नुपर्ने कर नतिरी राजश्व चुहावट गरेको पाइएको छ ।

विभागले रु नौ करोड ६७ लाख ३२ हजार ५६० बराबरको बदमासी गरेको पाइएको भन्दै सोहीअनुसारको माग दाबी गरेको छ । मूल्य अभिवृद्धिकरतर्फ रु तीन करोड ४० लाख १८ हजार र आयकरतर्फ रु छ करोड २७ लाख १४ हजार ५६० बराबरको बदमासी गरेको पाइएको छ ।विभागले बिगोको दोब्बर बराबरले हुन आउने रु १९ करोड ३४ लाख ६५ हजार १२० बराबर असुल गरी कैद सजायकोसमेत माग गरेको छ ।

Leave a Reply

Your email address will not be published.