काठमाडौमा असिना सहित भारी बर्षा : मौसम पूर्वानुमानद्धारा यस्तो सूचना जारी

समाचार

काठमाडौ । काठमाडौमा भीषण असिना–पानी परेको छ । असिना सहित पानी परेपछि काठमाडौको जनजीवन प्रभावित भएको छ ।ठूला–ठूला असिना खसेपछि सडकमा भएका यात्रु चिहिलबिहिल बनेका थिए । पानी अझै जारी छ । असिना सहित भारी बर्षा भएपछि मौसम पूर्वानुमान विभागले यस्तो सूचना जारी गरेको छ ।

मौसम विश्लेषण (Meteorological Analysis) हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश देखि पश्चिम बङ्गालको समथर भू-भागसम्म बनेको न्यून चापीय प्रणाली तथा पश्चिम वायुको प्रभाव रहेको छ।

हाल मौसमको अवस्था (Present Weather Status) देशभर आंशिक देखि सामान्य बदलीको अवस्था रहेको छ ।प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू-भागका एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको भइरहेको छ।

२०७९ वैशाख १९ गते (सोमबार) दिउँसो : प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश ,गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशमा सामान्य बदली रहि कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक देखि बदलि रहनेछ। प्रदेश १, मधेश प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरू र बागमती प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राती : प्रदेश १, बागमती प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली रहने छ। गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा कर्णाली र सुदुर पश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

२०७९ वैशाख २० गते (मंगलबार)-दिउँसो : प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा आंशिक देखि सामान्य बदली रही देशको अन्य भू-भागमा मौसम सामान्यता सफा रहनेछ। प्रदेश १, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बागमती र गण्डकी प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

राती : देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही देशका अन्य भू-भागमा आंशिक बदली रहने छ। लुम्बिनी प्रदेश लगायत गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरू तथा प्रदेश १ र बागमती प्रदेशको पहाडी भू-भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

२०७९ वैशाख २१ गते (बुधबार) दिउँसो : देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही देशको अन्य भू-भागमा मौसम सामान्यता सफा रहनेछ। देशको पहाडी भू-भागका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

राती : देशको पहाडी भू-भागमा आंशिक बदली रही देशका अन्य भू-भागमा आंशिक बदली रहने छ। प्रदेश १ , बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours) प्रदेश १, मधेश प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरू र बागमती प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन हुन सबैमा अनुरोध छ।

Leave a Reply

Your email address will not be published.