विवाहको एकसातामै श्रीमानलाई छोडेर एक्लै अमेरिका उडिन् केकी अधिकारी

मनोरंजन

काठमाडौं । विवाह गरेको केही दिनपछि अभिनेत्री केकी अधिकारी अमेरिका उडेकी छन् । विवाह भएको एकसातामै उनी अमेरिका उडेकी हुन् ।

एक साता पहिले रोहित तिवारीसँग उनको विवाह भएको थियो । तर उनी अमेरिका भने एक्लै उडेकी छन् । उनको साथमा अभिनेत्री तथा कार्यक्रम प्रस्तोता रीमा विश्वकर्मा पनि अमेरिका उडेकी छिन् ।

उनी ‘मेरो डान्स कप यूएसए’ नामक टीभी रियालिटी शो’को निर्णायक बन्न अमेरिका उडेको जानकारी दिइएको छ । रीमा उक्त कार्यक्रमको होस्ट हुन् । केकीलाई पुर्याउन रोहित विमानस्थल पुगेका थिए ।

झण्डै तीन साता केकी र रीमा अमेरिकामा रहने जनाइएको छ । केकीलाई लिन र विवाहमा सहभागी हुन रीमा केही साता अगाडि मात्र अमेरिकाबाट नेपाल आएकी थिइन् ।

अभिनेत्री पूजा शर्माको बिहे पक्का, को हुन् पूजाका हुनेवाला पति ?-काठमाडौं । चर्चित अभिनेत्री पूजा शर्माले असारमा बिहेको तयारी थालेकी छिन् । अभिनेत्री शर्मा यसै सातादेखि ३० वर्ष लागिन् ।जन्मदिन मनाउन उनी शनिबार बिहानदेखि बेलुकासम्म व्यस्त थिइन् ।

मन्दिरदेखि सुरु भएको उनको जन्मदिनका पार्टी राति अबेर प्रेमी युद्ध बानियाँले होस्ट गरेको ‘क्लब फरेनहाइट’ सेलिब्रेसनमा सकिएको थियो ।

जन्मदिनको अवसरमा पूजाले वृद्धाश्रममा पुगेर उनले चामल बाँडिन् । त्यस लगत्तै फ्यानसँग दुई घण्टा जन्मदिन मनाइन् ।

फ्यानले दुई लाख रुपैयाँभन्दा बढीका गरगहनासहितका उपहार पूजालाई दिए । तपाईंलाई जानकारी गराउ कि प्रेमिकाको लागि युद्धले फरेनहाइटमा पार्टी आयोजना गरेका थिए ।

पार्टीमा उनी निकट कलाकार सहभागी थिए । जानकारी अनुसार पूजाले त्यहाँ पाँच पाउण्डको केक काटिन् । केही वर्षयता पूजा र युद्ध प्रेम सम्बन्धमा रहेका छन् ।जानकारी अनुसार पूजा र युद्ध जेठमा इन्गेजमेन्ट र असारमा विवाह गर्ने तयारीमा छन् । असारमा नभए माघमा बिहे पक्का हुन्छ पारिवारीक स्रोतले पुष्टि गरेको छ ।

Leave a Reply

Your email address will not be published.