राप्रपाबाट आश्रममा बस्दै आएका साधु पनि मेयरका उम्मेदवार

राजनिति

दार्चुलाको शैल्यशिखर नगरपालिकाको मेयरमा एकजना साधुले उम्मेदवारी दिएका छन् । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा जिल्लाको शैल्यशिखर नगरपालिका ९ स्थित जगतपुरी मन्दिरको आश्रममा बस्दै आएका स्वामी रामानन्द सरस्वतीले शैल्यशिखर नगरपालिकाको मेयरमा उम्मेदवारी दर्ता गराएका हुन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीमा आबद्ध उनलाई पार्टीले शैल्यशिखर नगरपालिकाको प्रमुखको उम्मेदवारमा सिफारिस गरेको हो । उनले आफ्नो उम्मेदवारी मनोनयन दर्ता गराउदैँ शैल्यशिखर नगरपालिकामा भइरहेको भ्रष्टाचार अन्त्य गर्न आफ्नो उम्मेदवारी रहेको बताए ।

राष्ट्रिय प्रजानन्त्र पार्टीका तर्फबाट मेयरको उम्मेदवार बनेका उनलाई गोकर्ण साउँदले प्रस्ताव गरेका छन् भने महादेव जोशीले समर्थन गरेका छन् ।

बनेपा नगर प्रमुखले दिए राजीनामा-काभ्रे — बनेपा नगरप्रमुख लक्ष्मी नरसिं वादेले पदबाट राजीनामा दिएका छन् । शनिबार राजीनामा घोषणा गरेका नगरप्रमुख वादेले नगर उपप्रमुख रेखा सापकोटा दाहाललाई सोमबार राजीनामा बुझाएका हुन् । नगरप्रमुखले उपप्रमुख र उपप्रमुखले प्रमुखलाई राजीनामा बुझाएमा उक्त पद रिक्त हुने संविधानमा व्यवस्था छ ।

एमाले काभ्रेका इन्चार्जसमेत रहेका पोलिटब्युरो सदस्य गोकूलप्रसाद बाँस्कोटा र नगर कमिटी अध्यक्ष रत्नकुश रञ्जितकारले आफूसँग सल्लाहसमेत नगरी स्थानीय तहको निर्वाचनको टिकट वितरणको विषयमा अन्तिम समयमा धोका दिएकाले वादेले नगर प्रमुख पदबाट राजीनामा दिने निर्णयमा पुगेको शनिबार पत्रकार सम्मेलनमार्फत घोषणा गरेका थिए ।एमाले बनेपाको ११ वर्ष नेतृत्व गरेका उनले नगर प्रमुख र पार्टीको साधारण सदस्यतासमेत त्याग गरेको बताएका छन् ।

एमालेले नगर कमिटी अध्यक्ष रञ्जितकारलाई नगरप्रमुख र उपप्रमुखमा अखिल नेपाल महिला संघ काभ्रेका अध्यक्ष विमला सापकोटा दाहाललाई उम्मेदवार बनाएको छ ।

Leave a Reply

Your email address will not be published.