काठमाडौं, २० वैशाख -नेपालमा स्थानीय, भारतको उत्तर प्रदेशदेखि पश्चिम बंगालको समथर भूभागसम्म बनेको न्यून चापीय प्रणालीसँगै पश्चिम वायुको प्रभाव छ ।
बिहान प्रदेश १ का एक(दुई स्थानमा हल्का वर्षा भएको छ । दिउँसो पहाडी भूभागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
राति प्रदेश १, लुम्बिनी र गण्डकीका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना आँकलन गरिएको छ ।
बुधबार पहाडी भूभागका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले बुलेटिनमा जनाएको छ । राति प्रदेश १, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
यो पनि पढ्नुहोस् -तीन अवैध क्रसर बन्द-विभिन्न आयोजनाका नाममा लामो समयदेखि कञ्चनपुरमा सञ्चालनमा रहेका तीन क्रसर बन्द गरिएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयका प्रमुख रामबहादुर कुरुवाङ्गले अख्तियारमा सोसम्बन्धी उजुरी परेपछि थप अनुसन्धान र कारबाही प्रक्रिया अघि बढाउन जिल्ला प्रशासन कार्यालय कञ्चनपुरलाई पत्राचार गरेको बताउनुभयो ।
“हामी कहाँ उजुरी परेपछि प्रमुख जिल्ला अधिकारी समक्ष्य उक्त विषय अगाडि बढाउन भनेका थियौँ ।” अख्तियार प्रमुख कुरुवाङ्गले भन्नुभयो, “जिल्ला अनुगमन समितिको निर्णयपछि तीन क्रसर बन्द गरिएका हुन् ।” अख्तियारका अनुसार आज बेदकोट नगरपालिकामा निर्माण सामग्री केन्द्र, दोधारा चादँनीमा रहेको बासुलिङ्ग कन्सट्रक्सन र कृष्णपुरमा रहेको गौरव बिल्र्डसले सञ्चालन गरेको गैरकानुनी रुपमा सञ्चालित क्रसर बन्द गरिएका हुन् ।
कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेले जिल्ला समन्वय समितिका संयोजकको अध्यक्षतामा रहेको जिल्ला अनुगमन समितिले स्थलगत अनुगमनपछि तीन वटा क्रसर बन्द गर्ने निर्णय गरेको जानकारी दिनुभयो । “सडक आयोजनाका नाम क्रसर राख्ने, बालुवा धुन भन्ने तर गिट्टी अरु प्रयोजनमा लग्ने गरेको पनि देखियो”, उहाँले भन्नुभयो, “आयोजनाका नाममा क्रसर राख्न पाउने प्रावधान रहेपनि दुरुपयोग भएको देखियो ।” अनुगमन समितिले क्रसर राखिएका पालिका र आन्तरिक राजस्व कार्यालयलाई थप कारबाहीका लागि प्रक्रियाअघि बढाउन भनिएको उहाँको भनाइ थियो ।