मतपत्र बलियो कागजमा राखेकाले चपाउन, च्यात्न सकिदैन भन्ने प्रमुख आयुक्तको अभिव्यक्तिप्रति वर्षमान पुनको आपत्ति

राजनिति

नेकपा(माओवादी केन्द्र)का नेता वर्षमान पुनले निर्वाचन आयोगका प्रमुख आयुक्तको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । आइतबार १३३ औँ मे दिवसको अवसरमा अखिल नेपाल ट्रेड युनियन महासंघले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता पुनले प्रमुख निर्वाचन आयुक्तको अभिव्यक्ति र प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्ति मिलेको भन्दै आपत्ति जनाएका हुन् ।

प्रमुख निर्वाचन आयुक्तको मतपत्र बलियो कागजमा राखेकाले चपाउन, च्यात्न सकिदैन भन्ने अभिव्यक्ति र ओलीको पनि सोही अभिव्यक्ति हुनु कसरी मिल्यो भन्ने उनले प्रश्न गरेका हुन् । कुनै नेता विशेष र पार्टी विशेषको बोलि निर्वाचन आयोगले बोल्न नमिल्ने उनले बताए । नेता पुनले आयोगलाई निष्पक्ष र व्यवसायिक भुमिका निर्वाह गर्न पनि आग्रह गरे ।

उनले देशका विभिन्न ठाउँमा भएका निर्वाचन कार्यालयहरुले निष्पक्ष भुमिका खेल्न नसकेको पनि बताए । नेता पुनले संविधान र लोकतन्त्रको रक्षाको निम्ति वर्तमान गठबन्धन बनेको उल्लेख गर्दै वर्तमान उपलब्धीको रक्षापछि गठबन्धनका दलहरु आपसमा प्रतिस्पर्धा गर्ने बताए । उनले एमाले अध्यक्ष ओली वामपन्थी नभएको आरोप पनि लगाए ।

स्वतन्त्र उम्मेदवारद्वारा कांग्रेसको चार तारे झण्डा अनधिकृत प्रयोग, यी चर्चित बागीलाई सुध्रिन चेतावनी-नेपाली कांग्रेसले केही स्वतन्त्र उम्मेदवारहरूले अनाधिकृत रुपमा चार तारे झण्डा प्रयोग गरेको भन्दै चिन्ता जनाएको छ ।

कांग्रेसबाट बागी बनेर भरतपुर महानगरपालिकामा स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ पौडेलले चार तारे झण्डा अनधिकृत रुपमा प्रयोग गरेपछि चितवन कांग्रेसका सभापति राजेश्वर खनालले चिन्ता जनाएका हुन् ।

उनले बाटो नै फरक र चुनाव चिन्ह फरक लिएर गइसकेको अवस्थामा चार तारे झण्डा प्रयोग नगर्न आग्रह गरेका छन् । उनले चार तारे झण्डालाई कांग्रेस नेतृत्वको गठबन्धन बाहेकले प्रयोग गरेमा सैह्य नहुने चेतावनी दिएका छन् ।

सभापति खनालले स्वतन्त्र उम्मेदवारी दिएका पौडेलतर्फ संकेत गर्दै भनेका छन्, ‘५०/६० वर्षको राजनीतिक यात्रा धरापमा पारेर जानु भएको छ । अझै पनि उहाँले विचार गर्न सक्नु हुन्छ । कांग्रेसमा लगानी छ ।’सभापति खनालले चितवनमा रहेका ७ वटा पालिका र ९८ वटा वडामा गठबन्धन बनाएको बताए ।

‘चितवनमा बनेको वातावरणले गठबन्धनका सबै उम्मेदवारहरू विजयी हुन्छन्’, उनले भने, ‘गठबन्धनको मोडेलअनुसार सबै उम्मेदवारहरूको जित सुनिश्चित छ ।’

साढे तीन वर्ष खड्गप्रसाद ओलीले निरंकुश तरिकाले सरकार चलाएको बताएका सभापति खनालले ओलीको अधिनायकवाद र संविधानको रक्षाका लागि गठबन्धन बनेको बताए ।

Leave a Reply

Your email address will not be published.