देशका यी ठाउँहरुमा मेघ गर्जन तथा चट्याङसहित वर्षा हुने

समाचार

हाल नेपालमा स्थानीय वायु र भारतको उत्तर प्रदेशदेखि पश्चिम बङ्गालको समथर भू–भागसम्म बनेको न्यून चापीय प्रणाली तथा पश्चिम वायुको प्रभाव छ ।उक्त मौसमी प्रणालीले देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यताया सफा रहेने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही देशको अन्य भू–भागमा आंशिक बदली रहने छ । पहाडी भू–भागका केही स्थानमा र बाँकी भू–भागका थोरै स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

रातिको समयमा पनि पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने छ भने अन्य भू–भागमा आंशिक बदली रहनेछ । प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

काठमाडौँ उपत्यकामा बिहानैदेखि आकाश बादलले ढाकेको छ । महाशाखाका अनुसार आज काठमाडौँको अधिकतम तापक्रम २८ र न्यूनतम तापक्रम १८ डिग्री सेल्सियस छ ।

चितवनमा हुने चुनावी सभामा शेखर कोइराला र महामन्त्री गगन थापा नजाने-काठमाडौं २२ वैशाख । आज बिहिबार आयोजना हुने सत्ता गठवन्धनको सभामा नेपाली कांग्रेसका नेता डा। शेखर कोइराला र महामन्त्री गगन थापा नजाने भएका छन् ।कोइरालाको सचिवालयले बुधबार नै कोइराला सभामा सहभागी नहुने स्पष्ट पारिसकेको छ । महामन्त्री थापा काठमाडौं महानगरपालिकाको प्रमुख पदकी उम्मेदवार सिर्जना सिंहले आयोजना गरेको कार्यक्रममा रहेका छन् ।

कोइराला प्रदेश १ को विभिन्न कार्यक्रममा सहभागी भएका छन् । कोइरालालाई भरतपुर आउन भन्दै पार्टी सभापति शेर बहादुर देउवाले समेत फोन गरिसकेका छन् । तर कोइरालाले आफु नआउने स्पष्ट पारिसकेका छन् ।यता चितवनका कांग्रेस सभापति राजेश्वर खनालले भने कोइराला र थापा आउँदा चुनावी माहोल राम्रो हुने भन्दै फोन समेत गरेका थिए ।

यो पनि-बागलुङमा चुनावी सुरक्षा चुस्त-चुनावलाई स्वच्छ र भयरहित बनाउन यहाँ सुरक्षा प्रबन्ध चुस्त पारिएको छ । मतदान केन्द्रलाई अति संवेदनशील, संवेदनशील र सामान्यमा वर्गीकरण गरी जिल्ला सुरक्षा समितिले सुरक्षा रणनीति तयार पारेको छ ।

विगतका घटनाको विश्लेषण, मतदाता संख्या, भौगोलिक अवस्थिति, मतदान केन्द्रको दुरी र राजनीतिक शक्ति सन्तुलनलाई हेरेर मतदान केन्द्रको वर्गीकरण गरिएको हो । समितिका सदस्य एवं जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दयानिधी ज्ञवालीले मतदान केन्द्रको भित्रि सुरक्षामा जनपद र म्यादी प्रहरी खटिने बताउनुभयो । बाहिरी सुरक्षा घेरामा भने सशत्र प्रहरी र नेपाली सेना रहने उहाँको भनाइ छ । “जिल्लाभर गरी झण्डै एक हजार जति म्यादी र सात सय बढी नेपाल प्रहरी सुरक्षामा खटिँदैछन्, शनिबारसम्ममा सुरक्षाकर्मी मतदान केन्द्रमा पुगिसक्छन्”, उहाँले भन्नुभयो ।

सुरक्षा संवेदनशीलतालाई दृष्टिगत गरी आठदेखि २२ जनासम्म सुरक्षाकर्मी एउटा मतदान केन्द्रमा परिचालन गरिने जनाइएको छ । समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी रमेश ढकालसहित सुरक्षा निकायका पदाधिकारीले सबै मतदान केन्द्रको स्थगलत अध्ययन गरेपछि चुनावी सुरक्षा योजना बनाइएको बताउनुभयो ।

अहिलेसम्म दलका चुनावी अभियान शान्तिपूर्ण रहेको र चुनाव विरोधी गतिविधि कतैपनि नदेखिएको प्रहरी उपरीक्षक ज्ञवालीले उल्लेख गर्नुभयो । “केही दलले चुनाव बहिष्कार गर्ने निर्णय गरेको सुनिएपनि बागलुङमा त्यस्तो कुनै प्रभाव देखिएको छैन”, उहाँले भन्नुभयो ।

सुरक्षा प्रबन्ध सृदढ पारिएकाले निर्धक्कसँग मतदान केन्द्रमा पुगी आफ्नो मताधिकार प्रयोग गर्न जिल्ला निर्वाचन कार्यालयले सबै मतदातालाई आग्रह गरेको छ । जिल्ला निर्वाचन अधिकारी यज्ञप्रसाद रिजालले मतदान केन्द्र केन्द्रित तयारी सुरु भएको बताउनुभयो । उहाँका अनुसार मतपत्रसहित चुनावमा प्रयोग हुने ५९ प्रकारका सामग्रीहरु जिल्लामा आइसकेका छन् ।

मतदान अधिकृतसहित जनशक्तिको व्यवस्थापन, खटनपटनलगायत चुनावको व्यवस्थापकीय काममा आफूहरु लागिपरेको रिजालको भनाइ छ । जिल्लामा एक सय तीन मतदानस्थल र दुई सय ३० मतदान केन्द्र छन् । एक लाख ९३ हजार ६२५ मतदाता छन् । जसमध्ये महिला ९९ हजार ७२८ र पुरुष ९३ हजार ८९७ छन् । आठ दिनपछि स्थानीय तह चुनावको मतदान छ । दल र तिनका उम्मेदवारलाई चुनावी प्रचारमा भ्यानभ्याइ छ । मतदानको दिन नजिकिँदै गर्दा चुनावी माहोल थप गर्माएको छ । –––

Leave a Reply

Your email address will not be published.