परीक्षा आवेदन फारम भर्नेबारे जरुरी सूचना, कहिलेसम्म छ अन्तिम मौका ?

समाचार

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले अत्यन्तै जरुरी सूचना जारी गरेको छ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले ४ वर्षे स्नातक तह दोश्रो वर्षको नियमित र आंशिक परीक्षा दिने परीक्षार्थीहरुका लागि परीक्षा आवेदन फारम भर्ने सम्बन्धी सूचना जारी गरेको हो ।

जारी सूचनामा भनिएको छ, ‘त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्धारा वार्षिक परीक्षा प्रणाली अनुसार २०७८ को २०७९ सालमा संचालन हुने ४ वर्षे स्नातक तह दोश्रो वर्षको परीक्षा दिने मानविकी, व्यवस्थापन,

शिक्षाशास्त्र संकाय र विज्ञान तथा प्रविधि अध्ययन संस्थान तर्फका नियमित र आंशिक परीक्षार्थीहरुले आ–आफ्नो क्याम्पसमा मिति २०७९ साल बैशाख २१ गतेदेखि २०७९ साल जेठ २० गतेसम्ममा नियमित दस्तुर र साधारण म्याद सकिएको एक हप्ताभित्र दोब्बर दस्तुरसहित परीक्षा आवेदन फारम बुझाउन हुने सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’

Leave a Reply

Your email address will not be published.