अरुबेला विरोध गर्ने केशव स्थापित र बालेनले देखाए एकअर्का प्रति उच्च सम्मान, घरदैलोमा जम्काभेट भएपछि यसरी हाले अंगालो

राजनिति

प्रतिद्धन्दी भएर काठमाण्डौ महानगरपालिकाको मेयरका लवागि चुनावमा होमिएका केशव स्थापित र बालेन साहले एक अर्काप्रति उच्च सम्मान देखाएका छन् । अरु बेला बालेको विषयमा नकारात्मक टिप्पणी गर्ने स्थापित र बालेनको झम्का भेटमा अंकमाल गर्दै अर्का प्रति शुभकामनासहित शुभेच्छा प्रकट गरिएपछि धेरैले दुबै जनालाई प्रशंसा गरेका छन् ।

काठमाडौं महानगरमा एमालेका मेयर उम्मेदवार केशव स्थापित र अत्यधिक चर्चामा रहेका स्वतन्त्र उम्मेदवार बालेन शाहको जम्काभेट भएको छ । सिनामंगलमा घरदैलो गर्ने क्रममा उनीहरु आपसमा ठोक्किन पुगेका थिए ।

एमालेका मेयर उम्मेदवार स्थापित र उपमेयर उम्मेदवार सुनिता डंगोलसहितको जुलुस र बालेनको जुलुस आज बिहान ९ बजेतिर भेट भएका हुन् । भेटपछि स्थापित र बालेनले एक–अर्कालाई अंकमाल गर्दै शुभकामना दिएका थिए ।

प्रत्यक्षदर्शीका अनुसार गालामा एमालेको सूर्य चिह्न बनाएका केही एमालेका कार्यकर्ताले बालेनसँग सेल्फी पनि खिचाउन भ्याए ।

प्रचण्डलाई जुत्ता हान्छु भन्ने पत्रकार पक्राउ-नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई जुत्ता हान्छु भनेर सामाजिक सञ्जालमा लेख्ने दाङका एक जना पत्रकारलाई प्रहरीले पक्राउ गरेको छ। तुलसीपुर उपमहानगर ३ बस्ने वर्ष ५२ का यज्ञ बहादुर बुढालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख सुरेश काफ्लेले बताए ।

‘मेरी छोरीले चुनाव हारे देश दुर्घटनामा जान्छ भन्ने प्रचण्ड दाङ आए जुत्ता म हान्छु’ भन्दै सामाजिक सञ्जालमा पोस्ट गरेपछि बुढालाई जिल्ला प्रहरी कार्यालयको समन्वयमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

चुनावी सभालाई सम्बोधन गर्न प्रचण्ड आज दाङको घोराही र तुलसीपुर आउने कार्यक्रम रहेको छ । बुढामाथि विद्युतीय करोबार ऐन अनुसार कारबाही हुने प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.