सोचेको भन्दा चतुर निस्किए ओली, ओलीले चालेको कदमले राजनीतिमा खैलाबैला !

राजनिति

स्थानीय निर्वाचनका लागि प्रचार अवधि सकिन लाग्दा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले देश दौडाह थालेका छन् । झापादेखि कञ्चनपुरसम्म कार्यक्रम तय गरेर ओलीले आक्रामक रुपमा चुनावी अभियान सुरु गरेका हुन्।

शनिबार उनले इटहरीमा भएको चुनावी सभालाई सम्बोधन गरे । चुनावी अभियानको सम्बोधनमा ओलीले गठबन्धनको आलोचना गर्दै आसन्न तीनवटै निर्वाचनमा एमालेको जित हुने दाबी गरेका छन् ।

यस क्रममा ओलीले प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालप्रति आक्रोश व्यक्त गरे ।

यस क्रममा उनले पाँच दलीय सत्ता गठबन्धलाई लक्षित गर्दै गठबन्धन नै समस्या रहेको भन्दै आएका छन् । जवकि एमाले आफैंले पनि विभिन्न ठाँउमा राप्रपा, राप्रपा नेपाल, लोसपा, परिवार दल र जनमुक्ति पाटीसँग तालमेल गरेको छ ।

त्यसअघि शुक्रबार ओलीले रौतहटमा दुई स्थानमा चुनावी सभालाई सम्बोधन गरेका थिए । रौतहटको सदरमुकाम गौर र उत्तरी भेगको सहर चन्द्रपुरमा आयोजित चुनावी सभालाई उनले सम्बोधन गरेका थिए । कैलाली र कञ्चनपुरका कार्यक्रम सकेर बिहीबार राति ओली काठमाडौं फर्केका थिए ।

हेलिकप्टरबाट पुगेका ओलीले कैलाली र कञ्चनपुरमा गरी एकै दिन तीन वटा चुनावी सभालाई सम्बोधन गरेका थिए । कैलालीको धनगढी, बर्दगोरिया र कञ्चनपुरको पुरानो सदरमुकाम बेलौरीमा आयोजित चुनावी सभालाई ओलीले सम्बोधन गरे । त्यसै दिन सत्ता गठबन्धनका शीर्ष नेता भरतपुरमा संयुक्त चुनावी सभामा सहभागी थिए ।

गठबन्धनप्रति कठोर आलोचना गरेका ओलीले कैलालीका १३ स्थानीय तहमा एमालेले जित्ने दाबी गर्न पनि भ्याए । जवकि कैलालीका सबै पालिकामा सत्ता गठबन्धनबीच तालमेल बनेको छ । तालमेलप्रति असहमति राख्दै कतिपय तहमा भने कांग्रेस र माओवादी केन्द्रका कार्यकर्ताले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

गत शनिबार काठमाडौंको चुनावी परिचालन कार्यक्रममा सहभागी ओली मंगलबार गृहजिल्ला झापा पुगेका थिए । पूर्वमा रहँदा ओलीले झापाको दमक, विराटनगर, इटहरी र धरानमा चुनावी कार्यक्रममा सहभागी भएका थिए । बुधबार राति काठमाडौं फर्केका ओली बिहीबार पश्चिमतिर लागे ।

वैशाख २७ सम्म उपमहानगरपालिका र महानगरपालिकाका चुनावी सभामा सहभागी हुने ओलीको कार्यसूची छ ।एमाले केन्द्रीय कार्यालयका अनुसार ओलीले यसबीचमा काठमाडौं, ललितपुर, भरतपुर, विराटनगर, पोखरा र वीरगन्ज, ललितपुर महानगरपालिका साथै इटहरी, धरान, जनकपुर, जितपुर–सिमरा, कलैया, हेटौँडा, बुटवल, घोराही, तुलसीपुर, नेपालगन्जसहितका उपमहानगरपालिकामा चुनावीसभालाई सम्बोधन गर्ने छन् । स्थानीय पार्टी कमिटीले ओलीको सचिवालयसँगको समन्वयमा कार्यक्रम तय गर्ने छन् ।

आफू देश दौडाहमा खटेका ओलीले पार्टीका केन्द्रीय पदाधिकारीलाई भने महानगरमा केन्द्रित गरेका छन् । ‘काठमाडौं महानगर निर्वाचन परिचालन निर्देशक समिति’को संयोज बनेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले निर्वाचन परिचालनको कमान्ड लिएका छन् ।राजधानीकै अर्को महानगर ललितपुरमा ओलीले उपमहासचिव प्रदीप ज्ञवालीलाई चुनावी अभियानमा खटाएका छन् ।

यसबाहेक भरतपुरमा उपाध्यक्ष सुरेन्द्र पाण्डे र वाग्मती प्रदेश इन्चार्ज काशीनाथ अधिकारी चुनावी अभियानमा जुटेका छन् । ओलीले पोखरामा उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र सचिव तथा गण्डकी प्रदेश इन्चार्ज पद्मा अर्याललाई चुनावी अभियानको जिम्मा दिएका छन् ।

वीरगन्जमा सचिव रघुवीर महासेठ र स्थायी समिति सदस्य प्रभु साह खटिएका छन् । विराटगरमा उपाध्यक्ष सुवास नेम्वाङ, सचिव योगेश भट्टराई र स्थायी समिति सदस्य लालबाबु पण्डित निर्वाचन परिचालनमा जुटेका छन् । भरतपुरमा एमालेले राप्रपा नेपालसँग र वीरगन्जमा लोसपासँग तालमेल गरेको छ ।

ओलीले उपमहासचिव विष्णु रिमाललाई देशैभर निर्वाचनसम्बन्धी कामको रिपोर्टिङमा लगाएका छन् । पदाधिकारी, स्थायी समिति र केन्द्रीय कमिटीका सदस्य आफ्नै जिल्लामा खटिने एमालले निर्णय गरेको थियो । सोही अनुसार अन्य पदाधिकारी आ–आफ्नो गृहजिल्लामा छन् ।

Leave a Reply

Your email address will not be published.