मृत भेटिइन् भारोत्तोलन खेलाडी सन्जु चौधरी

समाचार

काठमाडौं । भारोत्तोलन खेलाडी सन्जु चौधरी मृत अवस्थामा भेटिएकी छन् । घटनाको थप विवरण खुल्न बाँकी छ । नेपालगञ्ज निवासी सन्जु काठमाडौंस्थित आफन्तकोमा बस्दै आएकी थिइन् ।

एसियाली खेलकुदको तयारीका लागि भने उनी प्रशिक्षक सञ्जय महर्जनको घरमा थिइन् । ललितपुरको लुभुस्थित प्रशिक्षक महर्जनको घरमा बस्दै आएकी उनी मंगलबार बिहान मृत अवस्थामा फेला परेको पारिवारिक स्रोतले जनाएको छ ।

सञ्जुले सन् २०१९ को डिसेम्बरमा नेपालमा आयोजित १३ औं दक्षिण एसियाली खेलकुदमा ऐतिहासिक स्वर्ण पदक जितेकी थिइन् ।

एसियाली खेलकुदको तयारीका लागि भने उनी प्रशिक्षक सञ्जय महर्जनको घरमा थिइन् । ललितपुरको लुभुस्थित प्रशिक्षक महर्जनको घरमा बस्दै आएकी उनी मंगलबार बिहान मृत अवस्थामा फेला परेको पारिवारिक स्रोतले जनाएको छ ।

दोर्दी खोलाको आईपीओमा आवेदन दिने समय थपियो, अब जेठ ५ गतेसम्म आवेदन दिन सकिने-काठमाडौं- दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले आईपीओमा आवेदन दिने समय थप गरेको छ। यही वैशाख १३ गतेदेखि आईपीओ निष्कासन तथा बिक्री खुला गरेको कम्पनीले जेठ ५ गतेसम्म आवेदन दिन सक्नेगरि समय थप गरेको हो। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि आईपीओ निष्कासन गरेको छ।

कम्पनीले जारी पूँजी १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४०० रुपैयाँको १० प्रतिशतले हुन आउने १० करोड ५४ लाख २६ हजार ४० रुपैयाँ बराबरको प्रतिकित्ता १०० अंकित दरका १० लाख ५४ हजार २६० कित्ता साधारण शेयर निष्कासन गरेको हो। सो सेयरमा आयोजना प्रभावित क्षेत्र लमजुङ जिल्लाको दोर्दी गाउँपालिकाका बासिन्दाहरुले आवेदन दिन सक्नेछन्।

लगानीकर्ताले न्यूनतम १० कित्ता शेयर खरिदका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १० लाख कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन्।

आईपीओ निष्कासनका लागि गराएको रेटिङमा इक्रा नेपाले कम्पनीलाई इक्राएनपी आईआर डबल बी माइनस रेटिङ प्रदान गरेको छ। यसले दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले सिद्धार्थ बैंकको बेसीशहर शाखा, ग्लोबल आइएमई बैंकको दोर्दी शाखा, कामना सेवा विकास बैंक, मुक्तिनाथ विकास बैंक र एनएमबि बैंकको बेसीशहर शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

यसका साथै नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट पनि आवेदन दिन सक्नेछन्।

Leave a Reply

Your email address will not be published.