काठमाडौं । नेकपा (एमाले) ले मंगलबार काठमाडौंको भृकुटीमण्डपमा चुनावी सभा गर्दैछ । सभालाई पार्टी अध्यक्ष केपी शर्मा ओलीलगायत शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ ।
एमाले काठमाडौं जिल्ला कमिटीका अनुसार स्थानीय चुनावका लागि अन्तिम सभा मंगलबार काठमाडौंमा गर्न लागिएको हो ।
मंगलबार मध्यरातदेखि मौन अवधि सुरू हुने भएकोले एमालेले संघिय राजधानी काठमाडौंमा विशेष सभा गरेरर चुनावी प्रचारको बिट मार्न लागेको हो ।
आमसभा अगाडि एमालेले वडा–वडादेखि जुलुस ल्याउने तयारी पनि गरेको छ ।
यो पनि, नेकपा एमालेकी सचिव पद्मा अर्यालले यो मुलुकमा फेरि एमालेको विकल्प नभएको बताउनुभएको छ ।
आज मंगलबार बिहान एक सन्चारमाध्यमसंग कुराकानी उहाँले यस्तो बताउनुभएको हो ।
आसन्न निर्वाचनमा सत्ता गठबन्धन एकातिर एमाले अर्कोतिर भए पनि अन्तिममा विजय हुने एमाले नै भएको उहाँको दावी छ । सचिव अर्यालले ,‘ गठबन्धन एकातिर हामी अर्कातिर छौ तर सबैले देखेकै र बुझेकै कुरा हो हामी नै जित्छौ ढुक्क हुनुस् ।’
गठबन्धनले हार्छौ भन्ने स्विकार गरेरै विभिन्न स्थानमा धम्की स्वरुप भाषण गरिरहेको, आफूले नजितेको स्थानमा पैसा पठाउदैँनौ भन्ने गरेको सचिव अर्यालले आरोप समेत लगाउनुभएको छ ।
पूर्वमन्त्री समेत रहनुभएकी अर्यालले भन्नुभयो, ुउहाँहरु ९गठबन्धन० लाई हामी हार्छौ भन्ने लागिसक्यो, स्विकार गरिसक्नुभयो त्यसैले नजिते देश देश दुर्घटनामा जान्छ, पैसा पठाउदैनौंलगायतका धम्कीपूर्ण भाषण दिदै हिड्नुभएको छ, निर्वाचन उहाँहरुको अनुकुलमा छैन भन्ने प्रष्ट छ ।’ राज्यको सम्पत्ति कसैको पेवा नभएको पनि सचिव अर्यालको दावी छ ।
निर्वाचनमा मुख्य प्रतिष्पर्धा नेपाली कांग्रेस र एमालेको भएको तर कांग्रेस एक्लैले एमालेसँग लड्न नसक्ने र आफूलाई कमजोर ठानेरै गठबन्धको सहारा लिएको पनि उहाँको भनाइ छ ।